logo

स्व.शेरे पर्साको स्मरण गर्दै एमालेले शुरु गर्यो घरदैलो

 इसीमाना सम्बाददाता     २०७८ चैत २५ गते ०४: ३० मा प्रकाशित     638   पटक पढिएको

“शेरे पर्सा”को नामले परिचित पूर्व मंत्री स्व.चन्द्रदेव चौधरीको शालीकमा माल्यापर्ण गरि नेकपा एमालेको सखुवा प्रसौनी गाउँपालिका कमिटीले घर दैलो कार्यक्रम प्रारम्भ गरेको छ ।

 

पंचायतकालमा पंच भएरपनि जनपक्षीय नेताको छवि बनाउन सफल स्व.चौधरी जनताले गरेको जस्तो सुकै काममा जनताको पक्षमै हुन्थे । सत्ता र कर्मचारी संयन्त्रका बिरुद्ध जनताको पक्षमा गर्जिने भएकोले नै चौधरीलाई जनताले शेरे पर्साको उपमा दिएका थिए ।

 

तिनै नेताको स्मरण गरेर घरदैलो शुरु गर्दा जनताको पक्षमा पार्टी पंक्तिमा शक्तिको संचार भएको नेकपा एमालेको पालिका कमिटीका अध्यक्ष बासुदेव चौधरीले बताए ।


उनले स्व . चौधरी जनतामा समर्पित नेता भएकोले त्यो राम्रो सकारात्मक पक्ष एमाले पंक्तिमा पनि प्रवाह गर्नलाई उहाँको सम्झना गरिएको उनको भनाई छ ।

 

एमालेको घरदैलोमा अपार जनताको सहभागिता रहेको चौधरीले बताए । सखुवा प्रसोनी गाउँपालिकाको वडा नं १ को सथवल,औराह,सखवुनीया,दोहरी र खजुरीयमा घर दैलो भएको चौधरीले बताए ।

 

desktop समृद्ध नेपाल सुखी नेपाली नेपालीको राष्ट्रीय आंकाक्षा पुरा गर्न एमालेको जीत आवश्यक रहेको जनताले बुझेको चौधरीको दावी छ । त्यो संगै स्थानीय स्तरमा भ्रष्टचारको न्यूनीकरण र बिकास निर्माणको अभियानको संचालन आफना मुद्धा भएको चौधरीले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.