logo

पार्टीले कहीको पनि उम्मेदवारको बारेमा निर्णय गरेको छैनः नेता अधिकारी

 इसीमाना सम्बाददाता     २०७८ चैत २५ गते ०३: ५१ मा प्रकाशित     786   पटक पढिएको

कहीको पनि कतैको पनि उम्मेदवारको बिषयमा पार्टीले कुनै निर्णय नलिएको जनता समाजवादी पार्टीका प्रवक्ता प्रकाश अधिकारीले बताउनु भएको छ ।

 

बीरगंजमा पार्टीका नेताहरुले राजेशमान सिंह निर्विकल्प उम्मेदवार घोषणा गरिरहदा पार्टीका प्रवक्ताको यस्तो भनाई आएको हो ।
पार्टीमा को नेताले के भन्नु भयो किन भन्नु त्यो कुराको अर्थ छैन अधिकारीले भन्नु भयो “पार्टीले कहीको पनि मेयर उपमेयरका बिषयमा कुनै निर्णय गरेको छैन” ।


गठबन्धनको प्रक्रियामा समेल हुने जसपाले बीरगंजमा आफनो स्वभाविक दावेदारी भनेको छ । हिजो जसपाले जितेको हुनाले पनि यो दावेदारी स्वभाविक भएको जसपा कार्यकर्ताको बुझाई छ ।

 

गठबन्धन हुदा जित प्रतिको आतमबिश्वास बढ्ने भएपछि आकांक्षी थपिनु पनि स्वभाविक छ । तर पर्साको पार्टी अध्यक्ष रामनरेश यादवले संचार माध्यम मार्फत आफनो पनि स्वभाविक दावेदारी रहेको सार्वजनीक गरेपछि जसपा भित्र मेयरको टिकटको बिषयमा तिब्र प्रतिक्रिया सार्वजनीक भएका छन ।

 

राजेशमान सिंह पार्टी प्रवेश गरेकै दिन मधेश प्रदेशका मुख्यमंत्री लालबाबु रायत र संघीय साँसद प्रदीप यादवले मंचबाटै बीरगंजको मेयरका रुपमा राजेमान सिंहको नाम घोषणा गरेका थिए ।

 

त्यही दिन एक संचारकर्मीले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजेशमान सिंह नै मेयरका उम्मेदवार हुन र ? भनि जिज्ञासा राखेका थिए । अध्यक्ष यादवले त्यतीबेला पार्टीले छलफल गरेर निर्णय लिने प्रतिक्रिया दिएका थिए ।


संचार माध्यममा बीरगंजको महानगरको मेयरमा नेताहरुले राजेशमान सिंहको नाम निर्विकल्प भन्दै गर्दा जसपाको मेयर उम्मेदवार छान्ने प्रक्रियामा पार्टीले कामै शुरु नगरेको नेताहरुले बताएका छन ।

 

महानगरबाट सिफारिश भई जाने नाममा पार्टीकेन्द्रको छलफल पछि पार्टीका बरिष्ठ नेता अशोक राईले हस्ताक्षर गरेपछि मात्र टिकट पाउने मापदण्ड पार्टीले बनाएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.