logo

कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैलाई एमाले पर्साको धन्यवाद

 इसीमाना सम्बाददाता      २०७८ चैत २२ गते १०: २३ मा प्रकाशित     663   पटक पढिएको

नेकपा एमाले पर्साले बृहत पार्टी प्रवेश तथा आम सभा सफल पानृ सहयोग पुर्याउने सबैलाई धन्वयाद दिएको छ । पार्टीका जिल्ला अध्यक्ष जयप्रकाश थारुले कार्यक्रम भब्य र सभ्य रुपमा सफल भएको निष्कर्ष पार्टीले निकाले बताउनु भएको छ ।

 

पार्टी अध्यक्षको सहभागिता र उहाँको महत्वपूर्ण सम्बाधनले नेकपा एमाले प्रति मधेशमा रहेको भ्रम समेत निवारण भएको अध्यक्ष थारुले बताउनु भयो । उहाँले समग्रमा कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको बताउदै कार्यक्रमलाई हरेक हिसावले सफल बनाउन क्रियाशिल सबैलाई धन्यवाद दिनु भयो ।

 

पार्टी केन्द्रका नेताहरु, प्रदेश कमिटी जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु पार्टीका सबै जनसंगठनहरु, जनपरिचालन समिति, प्रचार समिति , मंच ब्यवस्थापन समिति सबै गाउँपालिका तथा महानगर नगर कमिटी , जनप्रतिनिधिहरु ,पार्टीका सदस्यहरु र आम जनसमुदाय प्रति उहाँले आभार प्रकट गर्नु भएको छ । त्यसैगरि प्रचार समितिका संयोजक बिचारी यादवले पनि सम्बद्ध सबै प्रति आभार प्रकट गर्नु भएको छ ।

 

उहाँले प्रचारको काममा दिनरात नभनी खट्ने सबै मंचको ब्यवस्थापनमा लाग्ने सबैलाई बिशेष धन्यवाद दिनु भएको छ । कार्यक्रमको तयारी र पार्टी अध्यक्षको सम्बोधन सम्मका सबै बिषयहरुलाई समाचारको माध्यमले देश बिदेश पुर्याउन भूमिका निर्वाह गर्नुहुने संचारकर्मीहरुलाई पनि संयोजक यादवले बिशेष धन्यवाद दिनु भएको छ । उहाँले पार्टीमा प्रवेश गर्नु भएका सबैलाई स्वागत सहित धन्यवाद ज्ञापन गनुृ भएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.