logo

पटेर्वाका बिभिन्न स्थानमा एमालेको र्याली तथा घरदैलो सम्पन्न

 इसीमाना सम्बाददाता     २०७८ चैत १९ गते ०८: ०८ मा प्रकाशित     722   पटक पढिएको

नेकपा एमालेले पटेर्वा सुगौली गाउँपालिकाको बिभिन्न वडामा मोटरसाकइल र्याली तथा घरदैलो कार्यक्रम गरेको छ ।

 

पटेर्वा सुगौलीको वडा नं २ को बेल्वा रंगपुर वडा नं ३ को र १ को कञ्चनपुरमा पनि र्याली गरिएको हरिनारायण चौधरीले जानकारी दिनु भयो । सैयौको संख्यामा रहेका कार्यकर्ताहरुले एमालेको पक्षमा गगनभेदी नारा लगाउदै र्याली गरेका थिए ।


बेल्वा रंगपुर लगायतका गाउँमा एमालेको टोलीलाई स्थानीयले भब्य स्वागत गरेका थिए । पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीको पछिल्लो कार्यकाल पटेर्वा सुगौलीबासीकालागि सुखद रहेकोले एमालेको टोलीलाई स्थानीयले भब्य स्वगत गरिरहेका छन ।

 

चौधरीको पार्टी भन्दा माथि उठेर न्यायको पक्षमा काम गर्न सक्ने क्षमताका कारण उनी लोकप्रिय छन । पार्टीले चौधरीलाई नै पटेर्वा सुगौलीको अध्यक्षमा अघि सार्ने पक्का पक्की छ ।

 

पार्टीले त्यसमा निर्णय लिन मात्र बाँकी छ । त्यसैगरि उपाध्यक्षमा पार्टीले मन्तुरा चौधरीलाई अघि सार्ने भएको छ । शालीन भद्र र जनताको कामलाई प्रथामितामा राखेर काम गर्ने चौधरीलाई स्थानीय जनताले औधी माया गर्छन ।

 

प्रमुख र उपप्रमुखका सम्भावीत उम्मेदवारसंगै पटेर्वा सुगौलीका पाँचबटै वडाका अध्यक्ष र सदस्यका दावेदारहरुको सहभागितामा निस्किएको र्यालीले एमाले पंक्तिमा उत्साह संचार गरेको अध्यक्ष चौधरीको भनाई छ ।

 

जनताबाट न्यानो स्वागत पाएको बताउदै चौधरीले आफूहरु सदैव जनताको सेवामा सर्मपित रहेको बताउनु भयो । र्यालीमा एमालेका नेताहरु राजेश चौधरी ,नवशाद अन्सारी, बीरेन्द्र चौधरी , फरमान मिया अन्सारी सनी चौधरी र वडा नं ५ का वडाध्यक्ष मोतीलाल साह लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.