logo

भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्ष भरत कुर्मी सहित जनप्रतिनिधि र कर्मचारी बिरुद्ध बिशेष अदालतमा मुदा दर्ता

 इसीमाना सम्वाददाता     २०७८ चैत २ गते १०: ४७ मा प्रकाशित     534   पटक पढिएको

घरबाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका सिफारिशको राजस्व दाखिला नगरि अपचलन गरेको आरोपमा आख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीरगंजका एक जना वडाध्यक्ष बिरुद्ध बिशेष अदालतमा उजुरी दर्ता गरेको छ । बीरगंज महानगरपालिका वडा नं १४ पिप्राका वडाध्क्ष भरत कुर्मी , वडा सचिवराज कुमार सिंह,अनामिका रौनीयार,वडासदस्य रफिक अन्सारी संजयक कुमार पटेल र कार्यालय सहयोगी जितेन्द्र कुमार कुर्मी बिरुद्ध बिशेष अदालतमा उजुरी दर्ता गरेको हो ।

वडाध्यक्ष भरत प्रसाद कुर्मी, रफिक अंसारी, संजय कुमार पटेल र जितेन्द्र कुमार कुर्मीको हकमा कार्यरत रहेको अवधिमा १ लाख २ हजार ५ सय ८५ हिनामिना गरी राजस्व चुहावट गरेकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क),(ख) र (ग) तथा सोही दफाले निर्देश गरेबमोजिम ऐनको दफा ३ बमोजिमको कसुरमा बिगो १ लाख २ हजार ५ सय पचासी रुपैयाँ कायम गरी ऐनको दफा ७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागदाबी लिइएको छ ।


०७६ पुष १९ देखी ०७८ असार ३१ सम्म कार्यारत वडा सचिव अनामिका रौनियारले १ लाख ३१ हजार ९० रुपैया राजस्व हिनामिना गरेको पुष्टि भएको आयोगले जनाएको छ । रौनीयारलाई

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क),(ख) र (ग) तथा सोही दफाले निर्देश गरेबमोजिम ऐनको दफा ३ बमोजिमको कसुरमा बिगो १ लाख ३१ हजार ९० रुपैयाँ कायम गरी ऐनको दफा ७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागदाबी लिइएको छ ।


०७७ चैत ५ देखी हाल सम्म कार्यरत वडा सचिव राजकुमार सिंह ३२ हजार २ सय ३५ रुपैया राजस्व हिनामिना गरेको पुष्टि भएको आयोगले जनाएको छ । सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क),(ख) र (ग) तथा सोही दफाले निर्देश गरेबमोजिम ऐनको दफा ३ बमोजिमको कसुरमा बिगो३२ हजार २ सय ३५ रुपैयाँ कायम गरी ऐनको दफा ७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ख) अनुसार कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागदाबी लिइएको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.