logo

बुद्धिजीवी परिषदको नवौं जिल्ला अधिवेशन सम्पन्न ,गुप्ता सर्वसम्मत रुपमा अध्यक्षमा चयन

 इसीमाना सम्वाददाता     २०७८ फागुन २४ गते ०९: ०० मा प्रकाशित     595   पटक पढिएको

नेपाल बुद्धिजीवी परिषद् पर्साको अध्यक्षमा शम्भू गुप्ता चयन हुनु भएको छ । परिषदको मंगलवार बीरगंजमा सम्पन्न नवौं जिल्ला अधिवेशनले गुप्तालाई सर्वसम्मत रुपमा अधयक्षमा चयन गरेको हो । परिषदको , उपध्यक्षमा अधिवक्ता हरेराम सरार्फ , सचिवमा रुदल ठाकुर , कोषाध्यक्षमा सुष्मा शार्मा र सदस्यहरु कोपिला चौलागाई , आशमोहनी चौधरी बिक्रम आले , श्याम गुप्ता पूनम पासवान, लगायत रहेका छन । समिति १५ सदस्यीय रहेको छ ।

 

बीरगंज १५को नयाँबसपार्कको अनमोल पार्टी प्यालेसमा आयोजित अधिवेशनको उद्घाटन परिषद्का प्रदेश इन्चार्ज डा.कामानन्द देवले गर्नु भएको थियो ।

डा. देवलेबुद्धिजीवीहरुले समाजलाई सही दिशा दिनुपर्ने बताउनु भयो । उहाँले एमाले नजीक परिषद् रहेको र यसले एमालेका गतिविधि सम्बन्धमा निगरानी गरेर सही सुझाव दिनुपर्ने बताउनु भयो ।


नेकपा एमाले, पर्साका इन्चार्ज प्रभु हजराले बुद्धिजीवी परिषद्लाई पार्टीले चलायमान गर्न नसकेको बताउनु भयो । उहाँले गठन हुने र अधिवेशन गर्ने कामबाहेक अन्य बेलामा बुद्धिजीवी परिषद्को सक्रियता नदेखिएको बताउनु भयो । उहाँले पार्टीका सम्पूर्ण गतिविधिबारे सही टीकाटिप्पणी गरेर दिशानिर्देश गर्न बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।


एमाले केन्द्रीय सदस्य अरविन्द सिंहले विचार प्रवाह गर्नेभन्दा पनि भीडलाई प्रोत्साहित गर्ने गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले पार्टीप्रति लगनशील व्यक्तिहरुभन्दा भीड देखाउने र अनुशासनमा नरहने अवसरवादहरुको खोजी हुँदा पार्टीभित्रका असल व्यक्तिहरुको चित्त दुखाइ बढ्दै गएको बताउनु भयो ।
प्रेस चौतारीका केन्द्रीय सदस्य शत्रुघ्न नेपालले बुद्धिजीवीहरु दलीय सोचबाट ग्रसित भएकोले समाजले सही दिशा पाउन नसकेको बताउनु भयो ।

 

उहाँले विभिन्नखाले गतिविधिमा बुद्धिजीवीहरुको सही टीका टिप्पणी नहुँदा आम मानिसहरुबीच मतमतान्तर बढेको र त्यसको ज्वलन्त उदाहरण एमसिसीमा देखापरेको बताए ।
परिषदको , उपध्यक्षमा हरेराम सरार्फ , सचिवमा रुदल ठाकुर , कोषाध्यक्षमा सुष्मा शार्मा र सदस्यहरु कोपिला चौलागाई , आशकोहनी चौधरी लगायतका ७ जना सदस्यमा चयन भएको छन्


परिषद्का अध्यक्ष अफजल हुसेन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा बलिराम सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हरेराम सर्राफले स्वागत र के.सी .लामिछानेले सहजीकरण गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.