logo

पटेर्वाको बेलवामा एमालेको कार्यकर्ता भेला सम्पन्न, एमालेलाई जिताउने संकल्प

 इसीमाना सम्बाददाता     २०७८ फागुन २२ गते ०९: २० मा प्रकाशित     815   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ बेलवामा नेकपा एमालेको कार्यकर्ता भेला सम्पन्न भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको चुनाव केन्द्रीत छलफलको आयोजना गरिएको नेकपा एमालेका युवा नेता एवं पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरि नारायण चौधरीले जानकारी दिनु भयो ।


पटेर्वा सुगौली गाउँपालिकाको बिकासमा गाउँपालिकाले गरेको कामको समिक्षा गर्दै अवको चुनावमा सम्पूर्ण रुपमा नेकपा एमालले लाई बिजयी गराउन कार्यकर्ताले भेलामा संकल्प गरेको नेकपा एमालेका पालिका अध्यक्ष एवं वडा नं २ का नेता भरत बिश्वकर्माले बताउनु भयो ।

 

पालिकामा पूर्ण बहुमतको अभावमा कतिपय समस्यहरु आएको कुरालाई मनन गर्दै आउने चुनावमा नेकपा एमाललेलाई पूर्ण रुपमा जिताउन आवश्यक रहेको ठहर गर्दै सोही अनुरुप सिंगो पार्टी कमिटी परिचालन गर्ने छलफलले निष्कर्ष निकालेको एमाले नेतृ मन्तुरा चौधरीले बताउनु भयो ।


कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकालाई नमुना पालिकाको रुपमा प्रस्तुत गर्नकालागि हरिनारयण चौधरीको नेतृत्वमा गरिएको प्रयत्नलाई आम जनताको वीचमा पुर्याउने भेलाले निष्कर्ष निकालेको छ ।


भेलामा कार्यकर्ताले आफना सुझाव र जिज्ञासाहरु राखेका थिए । कार्यक्रममा एमालेका नेता रामकुमार नेपाल लगायतका अगुवाहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.