logo

सीमराको खानेपानी समितिमा एमाले पक्षीय उम्मेदवार बिजयी, गठबन्धनले खायो धक्का

 इसीमाना सम्बाददाता      २०७८ फागुन २२ गते ०९: ११ मा प्रकाशित     764   पटक पढिएको

सिमरामा खानेपानी उपभोक्ता तथा सरसफाई समितिमार्फत निर्वाचनमा पाँचदलीय गठबन्धनको सर्मथन प्राप्त प्यालनले हारको सामना गर्नु परेको छ ।

 

नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा (एस)को समर्थन प्राप्त गठबन्धनलाई परास्त गर्दै नेकपा एमालेको सर्मथन प्राप्त कासिम मियाको प्यानmल आगामी चार वर्षकालागि निर्वाचित भएको हो ।

 

गठबन्धनको नेतृत्व राजकुमार भट्टराईले गर्नु भएको थियो । यस अघि तीन पटक समितिको कुशल नेतृत्व गर्नुभएका मियालाई चुनाव प्रचारको क्रममा गठबन्धनको प्यानलले अपारदर्शी, मनपरीतन्त्र , भ्रष्टाचार गरेको आरोप लगाएका थिए । तर २ हजार १ सय भन्दा बढी रहेका मतदाताले चौथो पटक पनि कासिम मियालाई अध्यक्षमा निर्वाचित गरेर बिपक्षीको आरोपलाई खारेज गरिदिएका छन ।

 

भट्टराईको प्यानलबाट उपाध्यक्षका प्रत्यासी पूर्णचन्द्र तिमिल्सीना निर्वाचित भएका छन । हुसेन नेतृत्वको प्यानलको सचिव जयकिशोर राउत, सहसचिव सानुबाबु कुर्मी, कोषाध्यक्ष लोकराज पौडेल निर्वाचित भएका हुन ।

 

फाल्गुन १३ गते निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएका थिए । खानेपानी समितिमा भएको यो निर्वाचनको परिणामले भने नेकपा एमालेमा उत्साह संचार भएको छ ।

 

जनताको प्रत्यक्ष जीवनसंग जोडिएको पानी र त्यसको संचालनकालागि जिम्मेवार ब्यक्ति छनौटको प्रक्रियामा एमाले पक्षधर निर्वाचित भएकोमा एमाले उत्साहित भएको छ ।सीमराको यो निर्वाचनमा एमाले संग जनमोर्चाको सहकार्य रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.