logo

प्रेस चौतारी नेपाल मधेशको अधिवेशन सम्पन्न अध्यक्षमा महत, बग्मतीमा सापकोटा, लुम्बिनीमा पन्थी सर्वसम्मत

      २०७८ फागुन २१ गते ०८: २७ मा प्रकाशित     635   पटक पढिएको

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञावालीले जनताका बीचमा भएका भ्रमपूर्ण प्रचारबाजी चिर्नका लागि मिडियाको भुमिका महत्वपूर्ण हुने बतउनु भएको छ ।

 

मिडियाको शक्ति नै भ्रम चिर्ने, सत्य तथ्य र निस्पक्ष पत्रकारिता होभन्दै त्यसकालागि प्रेस चौतारी आवध्द पत्रकारहरुलाई बिशेष चनाखोबन्न आग्रह गर्नु भयो ।

 

प्रेस चौतारी नेपाल मधेश प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनलाई सम्वोधन गर्दै उपाध्यक्ष ज्ञवाललीले स्थानीय तहको निर्वाचनसहित प्रदेश र संघको चुनावमा प्रेस चौतारीको भुमिका महत्त्वपूर्ण हुनुपर्ने बताउनु भयो ।


उहाँले एक्ले भिडन नसक्नेहरुले पाँदलीय गठबन्धा बनाएर आफूलाई जागोउने असफल प्रयास गरिरहेको बताउदै नेकपा एमाले जनताको शक्तिको साथमा मैदानमा एक्लै उत्रने बताउनु भयो । उहाँले एमसीसीलाई नेपाली नागरिकको हितमा उपयोग गर्न सचेततापूर्वक लाग्नु पर्नेमा जोड दिनु भयो ।

 

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं रौतहट इन्चार्ज उपेन्द्र महतोले प्रेस स्वतन्त्रताका लागि पत्रकारले कलम चलाउनुपर्ने बताउनु भयो । प्रेस चौतारी लुम्बिनी प्रदेश संयोजक फणी महतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका उपाध्यक्ष एवं संगठनका अग्रज पत्रकार स्व. रामान्न्द गुप्तालाई मराणोपरान्त र डोम समुदायबाट उच्च शिक्षा हासील गरि सरकारी निकायमा कार्यरत रौतहटका बिजय माली डोमलाई सम्मान गरिएको थियो ।

 


कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रेखा झा, उद्धव पोख्रेल, कुन्दन कुशवाहा, प्रदेश कमिटी उपसचिव आरती भण्डारी, प्रेस चौतारी नेपालका उपाध्यक्ष लालबाबु शेख नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लाछिाने, शिव पुरी ,प्रदेश समहासचिव श्याम बन्जारा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल बराल अगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

 

यता प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक महाधिवेशन बाट फणी महतको नेतृत्वमा नया समिति गठन भएको छ।सर्वसम्मत रुपमा गठीत समितिको उपाध्यक्षमा अनिल तिवारी, महिला उपाध्यक्ष अर्चना परियार महासचिवमा गौतम श्रेष्ठ सचिवमा ग्यासु मिया देवान, भगलु मण्डल र कोषाध्क्षमा जितेन्द्र साह रहेका छन । त्यस्तै सदस्यमा कन्हैया गुप्ता, निरन्ज मिश्र, श्याम कुशवाहा, शम्भु महतो , लक्ष्मी खरेल, भवानी सुवेदी, सपना ढकाल, बिना राउत, पिन्टु यादव, नविन साह, भगवती चौधरी लगायत रहेका छन । त्यसै गरि गोकुल घोरसाइने, अर्जुन थपलिया , शंकर श्रेष्ठ, संजय मिश्र, रेणु चौधरी र जिवच्छ चौधरी रहेको सल्लाहकार समिति पनि निर्माण भएको छ ।

 

उता प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक महाधिवेशन बाट शोभाखर पन्थीको नेतृत्वमा ५१ सदस्यीय नया समिति गठन भएको छ। प्रेस चौतारी नेपाल, उपत्यका प्रदेशको अधिवेशनबाट विश्नु आचार्य अध्यक्षमा सर्वसम्मत चयन भएका छन । बागमती प्रदेशको अध्यक्षमा शरद सापकोटा सहित पदाधिकारी तथा सदस्य सवृसम्मत भएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.