logo

खेलकुद महासंघ बागमती प्रदेशमा कार्कीको नेतृत्व सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०७८ फागुन १५ गते ०८: ४९ मा प्रकाशित     544   पटक पढिएको


नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको अध्यक्षमा सीताराम कार्की चयन भएका छन् । शनिबार बागमती प्रदेश राजधानी हेटौँडामा सम्पन्न महासंघको पहिलो अधिवेशनले कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

 

भलिबलका खेलाडी, प्रशिक्षक तथा लाईसेन्स प्राप्त रेफ्रि समेत रहेका रामेछाप जिल्लाका कार्की यस अघि तदर्थ कमिटीमा संयोजक रहेका थिए ।

 


नुवाकोटकी सविना पाण्डे र चितवनका रामकृष्ण ढकाल उपाध्यक्षमा निर्वाचित भए । त्यस्तै मकवानपुरका जनरल श्रेष्ठ सचिव चयन भए भने धादिङका रोशन क्षेत्री र चितवनकी नविना खनिया उपसचिवमा निर्वाचित भए ।

 

मकवानपुरका इन्द्रप्रसाद सञ्जेल कोषाध्यक्ष निर्वाचित भए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द«ीय कमिटीका संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले सपथग्रहण गराउनुभयो ।

 


शुभकामना मन्तव्यको क्रममा बस्नेतले खेलक्षेत्रमा नीतिगत सुधार, भौतिक पूर्वाधारको निर्माण तथा सुधार एवं खेलाडी तथा खेल प्राविधिकको क्षमता बृद्धिका लागि महासंघ प्रयत्नशील रहेको बताउनुभयो ।

 

बस्नेतले हेटौडामा बन्दै गरेको गौरिटार स्पोटर्स एकडेमीको निमार्ण कार्य सुस्तगतिमा भएकोमा दुःख व्यक्त गर्दै द्रुतगतिमा काम सम्पन्न गर्नुपर्नेमा जोडदिंदै वर्तमान सरकारले खेलकुद ऐनलाई मिचेर खेलक्षेत्रको सर्वोच्च कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषदमा किचलो निम्त्याएको धारणा राख्नुभयो ।


नेकपा एमाले पोलिटब्युरो सदस्य एवं महासंघका ईन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष एवं एमाले पोलिटब्युरो सदस्य पुरुषोतम पौडेल तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।


बागमती प्रदेशमा रहेका काठमाडौं, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लाका प्रतिनिधीको सहभागीता रहेको अधिवेशनमा कराँते तथा तेक्वान्दोका खेलाडीले खेलकौशल प्रस्तुत गरका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.