logo

प्रेस चौतारी नेपालको ९औं महाधिवेशनको लोगो सार्वजनिक

 इसीमाना सम्वाददाता     २०७८ फागुन ८ गते ०८: ०० मा प्रकाशित     503   पटक पढिएको

प्रेस चौतारी नेपालको आसन्न ९औं महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ । यही फागुन २७ र २८ गते पोखरामा आयोजना हुने महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।

 


नेकपा एमालेका उपमहासचिव, प्रचार विभाग प्रमुख तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले महाधिवेशन मूल व्यवस्थापन समिति बैठकमा लोगो सार्वजनिक गर्नु भयो । लोगो सार्वजनिक पछि बैठकमा बोल्दै इन्चार्ज गुरुङले प्रेस चौतारी एमालेको २२ वटा जनसंगठनमध्येमा सबैभन्दा व्यवस्थित र गतिशिल जनसंगठन हुने विश्वास आफूले लिएको बताउनु भयो ।

 


‘व्यवस्थितको नमूना सबैभन्दा पहिले भव्यतवरबाट महाधिवेशन सम्पन्न गरेर पेस गर्नु पनि हो,’ उहाँले भन्नुभयो ‘स्वाभिमानको कुरा छ । गण्डकी प्रदेशको राजधानीमा महाधिवेशन आयोजना हुँदै छ यसअघि मोफसलमा आयोजना भएका भन्दा राम्रो गर्नुपर्छ ।’

 


पोखरामै महाधिवेशन गर्नुको कारण यहाँको पर्यटन अर्थतन्त्रलाई उकास्न मद्दत पुग्ने अपेक्षा सहित आयोजना गरिएको उहाँले बताउनु भयो ।


प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले महाधिवेशनलाई सबै पक्षबाट उदाहरणीय बनाउन योजनाका साथ अघि बढेको बताउनु भयो ।

 

समितिमार्फत गठित विभिन्न उपसमितिले महाधिवेशन तयारी कार्य थालिसकेको संयोजक पाण्डेले जानकारी दिनु भयो ।
मूल व्यवस्थापन समितिले महाधिवेशन तयारीका लागि गण्डकी प्रदेशका ११ वटै जिल्ला अध्यक्षसहितको बैठक आइतबार सम्पन्न गरेको छ ।

 

बैठकले ११ वटै जिल्लाका अध्यक्ष र कमिटीलाई समेत महाधिवेशनसम्बन्धी दायित्व बाँडफाँड गरेको छ । महाधिवेशनका निमित्त गठित उपसमिति, सचिवालय र जिम्मेवारीमा रहेका सबै सदस्यहरुलाई संयोजक पाण्डेले नतिजा देखिने गरी काम गर्न बैठकमा आग्रह गर्नु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.