logo

काम गर्ने वतावरण बनाउन माँग गर्दै निजामती कर्मचारी सडकमा, स्थानीय प्रशासन लाचार

 इसीमाना सम्वाददाता     २०७८ माघ २० गते ०७: २३ मा प्रकाशित     719   पटक पढिएको

पर्साका निजामती कर्मचारीहरु सुरक्षाको माँग गर्दै सडकमा उत्रिएका छन । कार्यकक्षमा जनप्रतिनिधिका पतिले कर्मचारीलाई हातपात गरेको घटनामा दोषी कानूनी दायरामा नआएकै कारण कर्मचारीहरु सडकमा उत्रिएका हुन ।

 

धोबिनी गाउँपालिकाका योजना शाखा प्रमुख पप्पु पटेलालाई दुर्व्यवहार गर्नेलाई कारवाहीको माग गर्दै नेपाल निजामती कर्मचारी संगठन पर्सा आन्दोलनमा उत्रिएको छ । कर्मचारीलाई काम गर्ने वतावरण निर्माणमा स्थानीय प्रशासनले रुची नदेखाएपछि आफूहरु सडकमा उत्रिनु परेको संगठनका पर्सा अध्यक्ष अमित गिरीले बताउनु भयो ।

 

कर्मचारीहरुले बुधवार दोषीलाई कारवाही गर्न माँग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा एक घण्टा घेराउ गरेका छन । उनीहरुले दोषीलाई कारवाही गर, शान्ति सुरक्षा कायम गर, कर्मचारी एकता जिन्दावाद लगायतको नारा समेत लगाएका थिए ।

 

गाउँपालिकाको वडा नम्बर १ की वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मीसहित ठेकेदार र स्थानीको एक समुहले माघ १३ गते बिहिबारका दिन योजना शाखा प्रमुख पटेललाई दुर्व्यवहार गरेका थिए ।

 

दोषीलाई कारवाही गर्न जाहेरी लिएर जादाँ पनि प्रहरीले दर्ता नगरेको निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीले वताउनु भयो । जाहेरी दर्ताको लागि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतसंग पहल गर्दा पनि दर्ता नभएको उहाँको गुनासो छ।

 

गाउँपालिकाबाट कृषकलाई वितरण गर्नु पर्ने मोटर आफुले भनेको ठेक्दारमार्फत खरिद नगरेको आक्रोशमा धर्मनसहितको समुहले योजना शाखा प्रमुख पप्पुलाई उहाँकै कार्यकक्षमा गाली गलौजसहित लछार पछार गर्दै कुटपिटको प्रयास समेत गरेको थियो । धर्मनसहितको समुहले पप्पुलाई उनकै कर्यकक्षमा २ घण्टा सम्म थुनी कोठा बाहिर समेत निस्कन दिएका थिएन ।

 

धर्ना कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन पर्साका सचिव सुरेन्द्र यादव, कोषाध्यक्ष राजेश राम, धोविनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह, पटेर्वा सुगौली गाउँपालिका र पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव, जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.