logo

एमाले केन्द्रीय प्रचार बिभागमा पत्रकार दास मनोनीत

 इसीमाना सम्वाददाता     २०७८ माघ १९ गते ०६: ४६ मा प्रकाशित     617   पटक पढिएको

नेकपा एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागमा ९ सदस्य मनोनीत गरेको छ । भक्तपुरको कौशलटारस्थित जर्मन होम्समा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार बिभागमा नौ जना सदस्य मनोनीत गरेको हो । मनोनीत ९ सदस्यमा पर्साबाट पत्रकार महेश दास पर्नु भएको छ ।

 

प्रेस चौतारी नेपाल र नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा रहेर काम गरि सक्नु भएका दास अहिले नेकपा एमालेको बीरगंज महानगर कमिटीको उपाध्यक्ष हुनुहुन्छ ।


एमाले केन्द्रीय प्रचार बिभाग प्रमुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य बिष्णु रिजाल हुनुहुन्छ ।

 

आजको बैठकले ९ जना सदस्य थप गरेको हो । थपिएका सदस्यहरुमा प्रेस चौतारी नेपालको पूर्व अध्यक्ष गगन बिष्ट, पूर्व महासचिव प्रमोद दाहाल, अहिलको अध्यक्ष गणेश बस्नेत, बरिष्ठ पत्रकार निर्मला शर्मा, नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगर, प्रेस चौतारी नेपालका उपाध्यक्ष टीका बिष्ट, चेतन अधिकारी, र रोशन खडका हुनुहुन्छ ।

 

आज मनोनीत भएका सवै सदस्यहरु प्रेस चौतारी नेपालका बर्तमान तथा पूर्वपदाधिकारी, एकता प्रक्रियामा सहभागी भएका प्रचार क्षेत्रका नेता हुनुहुन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.