logo

जसपा प्रदेश कमिटी बोल्यो ,यादवनै आधिकारीक , अन्सारीको समिति अवैध

 इसीमाना सम्वाददाता     २०७८ माघ ९ गते १०: ३३ मा प्रकाशित     1526   पटक पढिएको

जनता समाजवादी पार्टीको मधेश प्रदेश समितिले पर्सा जिल्लामा राम नरेश यादवले नेतृत्व गरेको पार्टी आधिकारिक रहेको सार्वजनीक गरेको छ ।

 

मधेश प्रदेश कमिटीको यो धारणा सार्वजनीक भएसंगै जनता समाजवादी पार्टीको नाममा बनेको नयाँ समिति अवैध रहेको पुष्टि भएको छ ।

 

पार्टीका मुख्य सचिव दीनेश यादवले एक बिज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टी बन्नु भन्दा पहिला रहेको दुबै पार्टीका  समिति नै आधिकारिक रहेको जनाएका छन । 


पार्टीको मेधश प्रदेश कमिटीले पर्सा जिल्लामा पार्टीको जिल्ला कमिटी बनेको बिषयमा बिभिन्न संचार माध्यमबाट जानकारी प्राप्त भएको समेत बिज्ञप्तिमा उल्लेख छ ।

 

बिज्ञप्तिमा जिल्ला पार्टी एकता पछि समायोजनको काम बाँकी रहेको र त्यो घोषणाको जिम्मेवारी प्रदेश समितिमा निहित रहेको उल्लेख छ ।

समायोजनको काम प्रदेशले गर्ने भन्दै बिज्ञप्तिमा पर्सामा पार्टी समायोजनको काम छलफलको चरणमा रहेको भन्दै प्रदेश सभा सदस्य मन्जुर अन्सारीको नेतृत्वमा बनेको समितिलाई अबैध भएको ठहर गरेको हो । 


प्रदेशको कमिटीको यो बिज्ञप्तिसंगै पार्टी भित्र मौलाउन खाजेको अराजक संस्कृतिलाई अंशुक लगाउने काम भएको पार्टीका जिल्ला सचिव तवरेज अहमदले बताए ।

 

पार्टी प्रति निष्ठा भएका थोरै मान्छे रहनु ,पार्टी बिधि पद्धती र सैद्धान्तिक मूल्य मान्यताको जगमा संचालन हुनु पर्ने कुरा जसपाको यो प्रकरणले पनि देखाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.