logo

प्रदेशको नाम “मधेश” राजधानी “जनकपुरधाम ” खुशीयालीमा भोली सार्वजनीक बिदा

 इसीमाना सम्वाददाता     २०७८ माघ ३ गते ०९: १२ मा प्रकाशित     557   पटक पढिएको

प्रदेश २ को नाम मधेश प्रदेश  र राजधानी जनकपुर दुई तिहाइ बहुमतले पारित भएको छ ।

तीन दल जनता समाजवादी पार्टी , नेकपा माओवादी केन्द्रको मधेश प्रदेश नाम प्रस्तावमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन दिएको हो।

प्रदेश २ सभामा हाल कायम १ सय ४ जना सांसद मध्ये ९९ मत खसेको थियो । जसमा  ८० मत मधेश प्रदेशको पक्षमा मतदान भएको छ ।

 

नामको लागि चारवटा नाम प्रस्ताव भएको थियो । नेकपा एसले जानकी प्रदेश, काँग्रेसले मिथिला भोजपुरा प्रदेश र काँग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश नाम प्रस्ताव गरेका थिए ।

 

मधेश प्रदेशले दुई तिहाई बहुमत प्राप्त गरेपछि अन्य प्रस्ताव निस्तेज भएका छन । 


राजधानीको बिषयमा भएको मतदानमा  ७८ मत जनकपुरधाम राजधानी हुनु पर्ने प्रस्तावमा खसेको छ ।

जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावमा उत्तरमा धनुषा ढल्केवरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्र रहेको छ ।  मधेश प्रदेशको नामाकरण र राजधानी जनकपुर निश्चित भएपछि जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका नेता राजेन्द्र महतोले खुशी ब्यक्त गरेका छन । अध्यक्ष यादव जनकपुरमै रहेका छन ।

 

उनले सडकमा निस्केर निर्णयको प्रशंसा गरेका छन । प्रदेशसभा बैठकमा मतदान पश्चात स्थायी राजधानी र नामको टुङ्गो लागेपछि मधेश सरकारले खुशीयाली मनाउँदै भोली सार्वजनिक विदा घोषणा गरेको छ ।

 

मधेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम भएकाले मंगलवार प्रदेशभरि सार्वजनिक विदा दिइएको जानकारी दिएका हुन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.