logo

जनता समाजवादी पार्टी पर्सामा कचिंगल , अध्यक्ष परिर्वतन गरिएको बिषय अबैधः नेता मन्सुर

 इसीमाना सम्वाददाता     २०७८ माघ २ गते ०९: ०१ मा प्रकाशित     514   पटक पढिएको

जनता समाजवादी पार्टी पर्सामा बहुमतको बैठकको हवला दिदै पार्टी अध्यक्ष हटाएको सार्वजनीक भएपछि पार्टीको संस्थापन पक्षले पनि जिल्ला कमिटी पूर्नगठन गरेको जनाएको छ । 

 


आइतवार दिउसो जिल्ला समन्वय समितिको सभाकक्षमा जिल्ला उपाध्यक्ष बासुदेव यादवको अध्यक्षतामा भएको बैठकले जिल्ला अध्यक्ष रामनरशे यादवलाई हटाएर मन्जुर आलमलाई अध्यक्ष घोषणा गरेको थियो ।

 

आलमलाई अध्यक्ष घोषणा गर्ने बैठकमा पार्टीका निलम्वत केन्द्रीय सदस्य प्रदीप यादवको समेत सहभागिता रहेको थियो ।  बेलुका पर्टी संस्थापन पक्षले जिल्ला कमिटी पूर्नगठन गरेको सार्वजनीक गर्यो ।

 

जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव र सचिव तवरेज अहमदले संयुक्त बिज्ञप्ति जारी गर्दै अध्यक्ष हटाइएको भनिएको कामलाई अजाकतापूर्ण गतिविधिको संज्ञा दिएका छन ।

 

पार्टीको झण्डा जलाउने, पार्टी कार्यालयमा तोडफोड गर्ने, पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गाली गर्ने , केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने गराउने कामको नेतृत्व गर्नेबाटै जिल्ला अध्यक्ष मुक्त गरिएको भनिएको घृणित कामको बारेमा पार्टीको ध्षनाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ ।

पार्टीको मानमर्दन गर्ने ,बिधि बिधानलाई नमान्ने , पार्टी प्रतिको जनआकर्षण बढेकोकुरा सहन गर्न नसक्ने तत्वले यस्तो काम गरेको आफूहरुको ठहर रहेको बिज्ञप्तिमा उल्लेख छ । 


बिज्ञप्तिमा यस्ता कामका कारण पार्टीका कुनै पनि नेता तथा कार्यकर्तालाई बिचलीत नहुन आग्रह गरिएको छ । पार्टीको बिधि बिपरितको काम गर्ने नाइते तथा तिनका मतियारलाई कारवाही गर्न बिज्ञप्ति मार्फत दुबै नेताले माँग गरेका छन ।

 

मन्जुरलाई अध्यक्ष घोषणा गर्ने पक्षले भने जिल्ला कमिटीका बहुमत सदस्यहरुको बैठक बाट अध्यक्ष परिर्वतन गरिएको जनाएको छ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य फिरोज मन्सुरले भने अध्यक्ष परिर्वतन गरिएको बिषय अवैधानिक रहेको बताएका छन । अध्यक्ष जिल्लामा मौजुद हुदा उपाध्यक्षको अध्यक्षतामा बैठक बस्न बिल्ने बैधानिक प्रावधान आफनो पार्टीमा नरहेको उनले स्पष्ट पारे ।

 

उनले राम नरेश यादवको अध्यक्षतामा रहेको कमिटी नै पार्टीको बैध कमिटी रहेको बताए । जनता समाजवादी पार्टी पर्सामा बहुमतको बैठकको हवला दिदै पार्टी अध्यक्ष हटाएको सार्वजनीक भएपछि पार्टीको संस्थापन पक्षले पनि जिल्ला कमिटी पूर्नगठन गरेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.