logo

जिल्ला सचिव गुप्ताले गरे अध्यक्षमा उम्मेदवारीको घोषणा

 इसीमाना सम्वाददाता     २०७८ पौष २५ गते ०८: २२ मा प्रकाशित     523   पटक पढिएको

नेकपा एमालेको पर्सा जिल्ला अध्यक्षमा हालका जिल्ला सचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले आफ्नो उम्मेदवारी घोषणा गरेका छ्न ।
पौष २७ गतेदेखि वीरगंजमा हुने जिल्ला अधिबेशनमा अध्यक्षमा उम्मेदवार हुने पत्रकार सम्मेलन गरि घोषणा गरेका हुन । उनले अध्यक्ष भएपछि गर्ने काम समेत सार्वजनीक गरेका छन ।  


पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्र्तगत पर्ने छिपहरमाई गाउँपालिका अध्यक्ष समेत रहेका गुप्ता पर्साको पश्चिम क्षेत्रका लोकप्रिय नेताका रुपमा चिनिन्छ्न । 
आफ्नो गाउँपालिकालाई पर्साकै नमुना गाउँपालिका बनाउने उद्देश्यले आफू लागि परेको र करीब ४ बर्षको अवधिमा आफू अध्यक्ष भएपछि त्यसको पुष्टि भएको गुप्ताको भनाई छ ।

 

एमाले पर्साको अध्यक्षमा ६ जनाको दाबी रहेपनी आफुले युवाहरूको भावना अनुरुप पार्टीलाई अघि बढाएको बताउदै गुप्ताले आफू सर्वसम्मत रुपमा नेकपा एमालेको पर्सा जिल्ला अध्यक्षमा चयन हुने बताएका छ्न । 


पौष २७ देखि सुरु हुने एमाले पर्साको जिल्ला अधिवेशन लाई वीरगंज देशकै मुख्य भारतीय नाका र महानगरपालिका भएका कारण पनि अत्यन्त महत्वका साथ हेरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.