logo

प्रेस चौतारी नेपाल पर्सामा फेरी पनि बन्जारा,एमाले नेता र पत्रकारहरु सम्मानीत

 इसीमाना सम्वाददाता     २०७८ पौष १७ गते १०: ३८ मा प्रकाशित     385   पटक पढिएको

    प्रेस चौतारी नेपाल पर्साको पाँचौं जिल्ला अधिवेशनले श्याम बन्जाराको नेतृत्वमा २५ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ। शनिबार  वीरगन्जमा भएको जिल्ला अधिवेशनले नेपाल पत्रकार महासंघ प्रदेश २ महासचिव समेत रहेका बन्जाराको नेतृत्वमा  २५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको हो । 


    एक सय १६ साधारण सदस्य रहेको पर्सा चौतारीको उपाध्यक्षमा तुलसी भण्डारी, महिला उपाध्यक्षमा कविता खड्का, सविच राजेन्द्र सिंह नेपाली, सह सचिवमा महमद सदाब तथा सन्तोष पटेल र कोषाध्यक्षमा राकेश साह निर्विरोध निर्वाचित भएको छन् । त्यसै गरी  नेहाल खान, मनिष पौडेल, एस.के. चौरसिया, दीपेन्द्र साह, धनन्जय मिश्र, शम्भु थारु, प्रकाश तिवारी, निलम चौधरी, हेमकृष्ण चापागाई कृष्ण कुशवाहा, विकास साह, मन्सुर खान, एन्जल चौधरी र नितेश कर्ण लगायत सदस्यमा निर्विरोध निर्वाचित भएका छन । 


    चौतारी पर्साका सल्लाहकारहरुमा प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, किरणराज पाण्डे, संजय साह, सरोज खड्का, मनोज मिश्र, युराज खड्का र लक्ष्मी खरेल रहेका छन् । त्यसै गरी केन्द्रिय प्रतिनीधिहरुमा महेश दास, अनुप तिवारी, महेशचन्द्र गौतम, सुस्मा शर्मा रहेका छन् । चौतारीका प्रदेश प्रतिनिधिमा  जितेन्द्र साह, श्याम कुशवाहा, निरन्जन मिश्र, लक्ष्मी खरेल, सफल खतिवडा, कन्हैया गुप्ता  आसिक अंसारी र ग्याँसुदिन मिया रहेका छन । 


निर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सपथ गराए । बन्द शत्र पूर्वको उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका अध्यक्ष बस्नेतले   मुलुकको विकास र हितका लागि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा  अन्य पार्टीमा चुनाव जित्न प्रयोग गरिएको चर्चा गरे ।

 

उनलेचौतारीले पनि मूल पार्टीले ल्याएको नारासँग मिल्दो जुद्धो ‘समृद्ध नेपाल निर्माणका लागि सवल श्रमजिवी पत्रकार, प्रेस स्वतन्त्रता र व्यवसायीक पत्रकारिता प्रेस चौतारीको आधार’ भन्ने नारा आठौ राष्ट्रिय अधिवेशनबाट ल्याइसकेकोले एमालेले गरेका राम्रा कामको फेहरिस्त जनस्तरमा पु¥याउन सक्नु पर्ने सुझाव दिए । 


उद्घाटन समारोहमा नेकपा एमालेका प्रदेश २ सह इन्चार्ज ज्वाला साह, केन्द्रीय सदस्यहरु प्रभु हजारा, निर्मला देवकोटा, राजकुमार गुप्ता, अरविन्द सिंह, वीरगन्ज महानगरका नगरप्रमुख विजय कुमार सरावगी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया, छिपहरमाई गाउँपालिकाका अध्यक्ष एवं नेकपा एमाले पर्साका सचिव, मनोज गुप्ता, प्रेस चौतारी नेपालका  केन्द्रिय उपाध्यक्ष लालबाबु शेख, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष महेश दास, नेपाल  पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे लगायतले चौतारीका पत्रकार अब अरु संगठनका पत्रकारहरुभन्दा अब्बल पत्रकारीता सहित समाजमा देखा पर्नु पर्ने बताए । वक्ताहरुले  खोज पत्रकारितालाई प्राथमिकतामा पार्नु पर्ने मा प्रेस चौतारीको ध्यान जानु पर्नेमा जोड दिए  ।

कार्यक्रमा प्रेस चौतारी नेपाल पर्साले नेकपा एमालेको १० औ राष्ट्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित प्रभू हजरा,  निर्मला देवकोटा, राजकुमार गुप्ता र अरविन्द कुमार सिंहलाई दोसल्ला ओढाई सम्मान पत्र साथ सम्मान गरेको थियो । त्यस्तै प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष महेश दास बरिष्ठ पत्रकार शत्रुघ्न नेपाल  पर्साका पूर्व अध्यक्षहरु के.सी.लामिछाने,श्याम बन्जारा, लालबाबु शेख,अनुप तिवारी , प्रताप श्रेष्ठ, बरिष्ठ पत्रकार महेशचन्द्र गौतम, किरण राज पाण्डे, शिवशंकर साह, पत्रकार सुष्मा शर्मा लक्ष्मी खरेल र कविता खड्कालाई प्रेस चौतारी नेपालले आफनो पाँचौ जिल्ला अधिवेशनको अवसरमा सम्मान गरेको थियो ।   कार्यक्रमको संचालन प्रेस चौतारी नेपाल पर्साका निर्वतमान सचिव संजीव मिश्रले संचालन र तुलसी भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.