logo

प्रदेश २ लाई एमालेमय बनाउने अभियान शुरू गरिएको नेताहरुको दावी

 इसीमाना सम्वाददाता     २०७८ पौष ५ गते ११: ०४ मा प्रकाशित     579   पटक पढिएको

नेकपा एमालेका नेताहरूले प्रदेश २ लाई एमालेमय बनाउने अभियान शुरू गर्न लागेको बताएका छन् । पौष ८ गते पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा पर्साको जगरनाथपुरमा गर्न लागेको सन्देश सभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारीका लागि आयोजित जिल्ला कमिटी बैठकमा नेताहरूले त्यस्तो बताएका हुन् । 

 

गत चुनावमा परिस्थिति प्रतिकूल भएर अध्यक्ष ओली प्रदेश २ मा आउन नपाएको बताउँदै उनीहरूले यसपटक अध्यक्ष ओली प्रदेश २ मा केन्द्रित हुने बताएका छन् ।

बैठकमा बोल्दै पोलिटब्युरो सदस्य एवं प्रदेश सह ईन्चार्ज पुरूषोत्तम पौडेलले पार्टीबाट छुट्टिएको नेकपा समाजवादी सहितको गठबन्धन लाई एक्लै लडेर परास्त गर्नुपर्ने अवस्था रहेको बताए ।

 

उनले प्रदेश न. २ मा पहिलो पार्टी,राम्रो, बलियो र संगठित पार्टी बनाउन अघि बढ्नुपर्नेमा जोड दिए ।स्थानीय तह,प्रदेश र संसदमा एक नम्बर पार्टी हुनुछ ।


पर्साबाट अभियान शुरू हुँदैछ । उनले भने  काम चोर प्रवृत्ति, काम नगरी ठूला कुरा गर्ने र काम नगर्ने प्रवृत्ति बढेको छ ।  त्यसलाई विस्तारै हटाउँदै जानुपर्छ । व्यवहार र चरित्र सुधार्नुपर्छ । पार्टी निर्माणसँगै र जनताको असल सहयोगी बन्नुपर्छ ।


बैठकले सभाको तयारीका लागि जिल्ला अध्यक्ष प्रभु हजरा संयोजकत्वमा जन परिचालन कमिटी, डाक्टर विश्वम्भर शर्माको नेतृत्वमा प्रचार प्रसार कमिटी, जिल्ला सचिव मनोज गुप्ता संयोजक रहेको १ सय १ सदस्यीय स्वयं सेवक परिचालन, नेता जय प्रकाश थारूको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरेको छ ।

 

त्यसैगरि पार्टी प्रवेशका लागि सूची तयार गर्ने, ईन्चार्ज, सह ईन्चार्ज, जिल्ला अध्यक्ष, पदाधिकारी, र प्रदेश सदस्य र स्थानीय पदाधिकारीसँग समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।

 

जिल्ला अध्यक्ष हजराले सभामा ५० हजार नागरिकको सहभागिता गराउने लक्ष्य राखेकोले त्यसको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । 

बैठकमा सपथ ग्रहण गर्न छुटेका जिल्ला कमिटी सदस्यहरूले सपथ ग्रहण समेत गरेका थिए । एमालेले पर्सामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.