logo

प्रदेश २ लाई एमालेमय बनाउने अभियान शुरू गरिएको नेताहरुको दावी

 इसीमाना सम्वाददाता     २०७८ पौष ५ गते ११: ०४ मा प्रकाशित     605   पटक पढिएको

नेकपा एमालेका नेताहरूले प्रदेश २ लाई एमालेमय बनाउने अभियान शुरू गर्न लागेको बताएका छन् । पौष ८ गते पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा पर्साको जगरनाथपुरमा गर्न लागेको सन्देश सभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारीका लागि आयोजित जिल्ला कमिटी बैठकमा नेताहरूले त्यस्तो बताएका हुन् । 

 

गत चुनावमा परिस्थिति प्रतिकूल भएर अध्यक्ष ओली प्रदेश २ मा आउन नपाएको बताउँदै उनीहरूले यसपटक अध्यक्ष ओली प्रदेश २ मा केन्द्रित हुने बताएका छन् ।

बैठकमा बोल्दै पोलिटब्युरो सदस्य एवं प्रदेश सह ईन्चार्ज पुरूषोत्तम पौडेलले पार्टीबाट छुट्टिएको नेकपा समाजवादी सहितको गठबन्धन लाई एक्लै लडेर परास्त गर्नुपर्ने अवस्था रहेको बताए ।

 

उनले प्रदेश न. २ मा पहिलो पार्टी,राम्रो, बलियो र संगठित पार्टी बनाउन अघि बढ्नुपर्नेमा जोड दिए ।स्थानीय तह,प्रदेश र संसदमा एक नम्बर पार्टी हुनुछ ।


पर्साबाट अभियान शुरू हुँदैछ । उनले भने  काम चोर प्रवृत्ति, काम नगरी ठूला कुरा गर्ने र काम नगर्ने प्रवृत्ति बढेको छ ।  त्यसलाई विस्तारै हटाउँदै जानुपर्छ । व्यवहार र चरित्र सुधार्नुपर्छ । पार्टी निर्माणसँगै र जनताको असल सहयोगी बन्नुपर्छ ।


बैठकले सभाको तयारीका लागि जिल्ला अध्यक्ष प्रभु हजरा संयोजकत्वमा जन परिचालन कमिटी, डाक्टर विश्वम्भर शर्माको नेतृत्वमा प्रचार प्रसार कमिटी, जिल्ला सचिव मनोज गुप्ता संयोजक रहेको १ सय १ सदस्यीय स्वयं सेवक परिचालन, नेता जय प्रकाश थारूको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरेको छ ।

 

त्यसैगरि पार्टी प्रवेशका लागि सूची तयार गर्ने, ईन्चार्ज, सह ईन्चार्ज, जिल्ला अध्यक्ष, पदाधिकारी, र प्रदेश सदस्य र स्थानीय पदाधिकारीसँग समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।

 

जिल्ला अध्यक्ष हजराले सभामा ५० हजार नागरिकको सहभागिता गराउने लक्ष्य राखेकोले त्यसको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । 

बैठकमा सपथ ग्रहण गर्न छुटेका जिल्ला कमिटी सदस्यहरूले सपथ ग्रहण समेत गरेका थिए । एमालेले पर्सामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा परी  सेवानिवृत शिक्षक शर्माको निधन

सीमरा। बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भएको सवारी दुर्घटनामा परी एक जना सेवानिवृत शिक्षक केदारप्रसाद शर्माको मृत्यु भएको छ।

खेलकुद

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.