logo

दावेदारीको गरेको पदमा प्यानलमा पर्न सकेनन पर्साका कांग्रेस नेताहरु, द्विवेदी र चौरसिया आमने सामने

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २५ गते ०६: ०७ मा प्रकाशित     757   पटक पढिएको

नेपाली कांग्रेसको १४ औ राष्ट्रीय महाधिवेशनमा केन्द्रीय नेतृत्वकालागि समुहगत तथा ब्यक्तिगत उम्मेदवारी परेको छ । शेर बहादुर देउवाको समुहबाट उपसभापतिमा पूर्णबहादुर खड्का र  विजय गच्छदार उम्मेदवार भएका छन  ।

 

यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेलको उम्मेदवारी परेको छ । देउवा र सिटौला वीचको सहकार्यको परिणाम हुन  युवा नेता प्रदीप पौडेल  । उनी सिटौला समुहको तर्फबाट देउवा प्यानलमा मिसिएका हुन् ।


कोइरालाको प्यानलमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ रहेका छन छ । यस्तै महामन्त्रीमा मिनेन्द्र रिजाल र गगनकुमार थापा छन् ।

प्रकाशमानले आफ्नो प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मालाई अगाडि सारेका छन । 
कांग्रेस सभापतिका लागि बिमलेन्द्र नीधि  कल्याण गुरुङ र युवराज न्यौपानेले पनि उम्मेदवारी दर्ता गरेका छन् ।


पर्साबाट मधेशी र थारु क्लस्टरबाट सहमहामंत्रीमा उम्मेदवारी घोषणा गरेका दुबै नेता समुहमा पर्न सकेनन । सुरेन्द्र प्रसाद चौधरी र अजय कुमार चौरसियाले थारु र मधेशी क्लस्टरबाट सहमहामंत्रीमा उम्मेदवारी घोषण गरेका थिए ।

 

सुरेन्द्र चौधरीले मात्र सहमहामंत्रीमा उम्मेदवारी दिनु भएको छ । संस्थापन पक्षको पदाधिकारीमा ब्यवस्थापन हुन नसकेपछि सोही समुहबाट चौरसियाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको छ।

 

अन्तिम समयमा केन्द्रीय सदस्यमा उम्मेदवारीको निर्णय भएको बताइएको छ ९१ वर्षिय बीरगंज महानगरपालिकाका उपप्रमुख सुश्री शान्ति कार्कीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको छ ।  संस्थापन पक्षको समुहबाट नेपाली कांग्रेसका नेता रमेश रिजालले भूगोलबाट प्रदेश २ को तर्फबाट उम्मेदवारी दिनु भएको छ ।

 

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले पनि मधेशी क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ । मधेशी क्लष्टरमा जम्मा पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुने छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.