logo

नेपाल पत्रकार महासंघका उपाध्यक्ष अधिकारीको खुलासा अवको गन्तब्य पार्टी राजनीति

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २० गते ०७: २४ मा प्रकाशित     670   पटक पढिएको

नेपाल पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारीले अबको आफ्नो गन्तब्य पार्टी राजनीति भन्दै नेपाल पत्रकार महासंघको उपाध्यक्षको जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुृ भएको छ ।

 

आफनो फेसबुक पेजमा एउटा स्टाटस लेख्दै उपाध्यक्ष अधिकारीले यस्तो घोषणा गर्नु भएको हो । उहाँले म नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महासंघको बिधान,आचार संहिताको पालना गर्नु मेरो प्रमुख कर्तब्य रहेको कुरा मलाइ हेक्का छ भन्ने उल्लेख गर्नु भएको छ।

 

नेपाल पत्रकार महासंघको २६औ महाधिबेशनमा मलाइ आफ्नो अमुल्य मतदिएर महासंघको नेतृत्वमा पुर्याउनुहुने संपुर्ण मतदाताहरुमा हार्दिक आभार ब्यक्त गर्दछु उहाँले स्टाटसमा लेख्नु भएको छ ।

 

म महासंघको नेतृत्वमा नरहेपनि तपाइहरुको मतको उच्च सम्मान गर्दै हर हमेशा तपाइहरुको माझ सुख दुःखमा  साथ रहने प्रण गर्दै अबको मेरो गन्तब्य पार्टि राजनिति तिर  भनेर नेपाल पत्रकार महासंघको कार्यकारी तहबाट आफू अलग भएको घोषणा गर्नु भएको हो ।

 

उहाँको यो घोषण्णले नेपाल पत्रकार महासंघको बिभिन्न तहमा पदाधिकारी सदस्य भएर दलगत रुपमा राजनीतिमा समेत सहभागि भएका पत्रकारहरुकालागि नैतीक प्रश्न पेचिलो रुपमा उठने भएको छ ।

 

यद्धपी अधिकारीले आफनो गन्तब्य पार्टी राजनीति तिर भनेर सक्रिय राजनीतिमा सहभागि हुने कुराको जनाउ दिएपनि नेपाल पत्रकार महासंघको केनद्रीय उपाध्यक्षको पदबाट भने राजीनामा दिनु भएको  छैन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.