logo

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध वीरगञ्जमा एमाले अखिलको प्रदर्शन, मूल्य बृद्धि फिर्ता गर्न माँग

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक २७ गते ०६: ५९ मा प्रकाशित     640   पटक पढिएको

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै वीरगञ्जमा प्रदर्शन भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियनले खाद्य पदार्थ तथा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको हो ।

 

अनेरास्ववियु पर्साका संयोजक रेयाज अन्सारीको नेतृत्वमा वीरगञ्जको घन्टाघरबाट शुरु भएको विरोध प्रदर्शन माइस्थान, आदर्शनगर, ग्रिनसिटी, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । अनेरास्ववियुका  नेताहरूले मूल्य वृद्धिविरुद्ध प्रदर्शन गर्दै ‘प्रधानमन्त्री देउवा मुर्दावाद’, ‘नाफाघाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ,’ ’जनतामारा सरकार मुर्दावाद’ लगायतका नारा लगाएका थिए । 


कोणसभालाई सम्बोधन गर्दै अनेरास्वविययुका केन्द्रीय सदस्य हेमन्त तामाङले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा भ्रष्ट सरकारको रुपमा प्रमाण्ति भएको आरोप लगाए । अहिलेको सरकार आफ्नै जनतालाई सुख र समृद्धि दिनुपर्नेमा उल्टै लुट्न र जनतालाई पीडा दिन मात्रै केन्द्रित भएको तामाङ्को भनाई छ । 


सभालाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका सचिव एवं पूर्व विद्यार्थी नेता रामकिशोर सिँह (पराग) ले जनतालाई मार्ने र सास्ती दिने काम तत्काल नरोके र पेट्रोलियम पदार्थको मुल्य वृद्धि बिरुद्ध चरणबद्ध रुपमा सरकार विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी  दिए ।

 

प्रदर्शनमा अनेरास्ववियुका केन्द्रीय सदस्य मेराजुल हवारी, अकलेश साह, नेताहरु जावेद हवारी, विकेश यादव, जेयाद अन्सारी, ठाकुरराम बहुमुखी क्याम्पस कमिटीका संयोजक आसिफ अहमद, अखिलका राष्ट्रिय परिषद् सदस्य विकास यादव, विद्यार्थी नेता भक्ति अग्रवाल, नितेश वर्णवाल, अनिकेत श्रीवास्तव, पुकार सुवेदि, तुफैर अंसारी, सुजित मण्डल लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.