logo

सखुवा प्रसौनीका राय एमालेमा , पार्टीलाई पहिलो बनाउने प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०७८ असोज १९ गते ०६: २७ मा प्रकाशित     750   पटक पढिएको

जनता समाजवादी पार्टीका पर्सा जिल्ला सदस्य तथा थारु समुदायका अगुवा भूपदेव राय थारु जसपा परित्याग गरि मंगलवार नेकपा एमालेमा प्रवेश गरेका छन ।

 

उनीसंगै सखुवा प्रसौनी गाउँपालिकाको वडा नं २ का सदस्य इन्द्रदेव थारु पनि एमालेमा प्रवेश गरेका छन । सखुवा प्रसौनी गाउँपालिकामा राम्रो जनाधार भएका रायको एमाले प्रवेशले सखुवा प्रसौनीमा एमाले बलियो शक्तिको रुपमा स्थापित हुने आँकलन गरिएको छ ।

 

 
पार्टी केन्द्रीय कार्यालय थापाथलीमा नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले उनीहरुलाई अविर टिका लगाई पार्टीमा प्रवेश गराएका हुन । पार्टी प्रवेश गर्दै रायले नेकपा एमालेलाई गाउँपालिकामा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका थिए ।

 

राजनीतिक परिवारको पृष्ठभूमी रहेको राय परिवारकै छोरी फूलमती थारु गाउँपालिकाको उपाध्यक्ष रहेकी छिन ।

 

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका प्रदेश २ का इन्चार्ज रघुविर महासेठ, पर्सा जिल्ला इन्चार्ज अच्यूत मैनाली, सह इन्चार्ज निर्मला देवकोटा , जिल्ला अध्यक्ष प्रभू हजरा, संबिधान सभा सदस्य राजकुमार गुप्ता, प्रदेश कमिटीका सदस्य तेप प्रकाश निषाध पुराना एमालेका कार्यकर्ता शंकर महतो थारु, लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.