logo

सखुवा प्रसौनीका राय एमालेमा , पार्टीलाई पहिलो बनाउने प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०७८ असोज १९ गते ०६: २७ मा प्रकाशित     614   पटक पढिएको

जनता समाजवादी पार्टीका पर्सा जिल्ला सदस्य तथा थारु समुदायका अगुवा भूपदेव राय थारु जसपा परित्याग गरि मंगलवार नेकपा एमालेमा प्रवेश गरेका छन ।

 

उनीसंगै सखुवा प्रसौनी गाउँपालिकाको वडा नं २ का सदस्य इन्द्रदेव थारु पनि एमालेमा प्रवेश गरेका छन । सखुवा प्रसौनी गाउँपालिकामा राम्रो जनाधार भएका रायको एमाले प्रवेशले सखुवा प्रसौनीमा एमाले बलियो शक्तिको रुपमा स्थापित हुने आँकलन गरिएको छ ।

 

 
पार्टी केन्द्रीय कार्यालय थापाथलीमा नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले उनीहरुलाई अविर टिका लगाई पार्टीमा प्रवेश गराएका हुन । पार्टी प्रवेश गर्दै रायले नेकपा एमालेलाई गाउँपालिकामा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका थिए ।

 

राजनीतिक परिवारको पृष्ठभूमी रहेको राय परिवारकै छोरी फूलमती थारु गाउँपालिकाको उपाध्यक्ष रहेकी छिन ।

 

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका प्रदेश २ का इन्चार्ज रघुविर महासेठ, पर्सा जिल्ला इन्चार्ज अच्यूत मैनाली, सह इन्चार्ज निर्मला देवकोटा , जिल्ला अध्यक्ष प्रभू हजरा, संबिधान सभा सदस्य राजकुमार गुप्ता, प्रदेश कमिटीका सदस्य तेप प्रकाश निषाध पुराना एमालेका कार्यकर्ता शंकर महतो थारु, लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइयो,१ हजार ८ सय ४४ ठाउँमा चेक प्वाइन्ट

काठमाडौँ ।   गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.