logo

नेपाली कांग्रेसको १४ महाधिवेशन, पार्समा भएनन वडा अधिवेशन, पार्टी भित्र संचार भएन उमंग र उत्साह

 इसीमाना सम्वाददाता     २०७८ भदौ २२ गते ०२: ४६ मा प्रकाशित     624   पटक पढिएको

नेपाली कांग्रेसले १४ राष्ट्रीय महाधिवेशनको केन्द्रीत कार्यतालिका सार्वजनीक गरेको भएपनि त्यसको तरंग पर्सा जिल्लामा भने देखिएको छैन । 

 


भदौ १८ गते देश भरि वडा अधिवेशन गर्ने कार्यतालिका कांग्रेसले सार्वजनीक गरेको थियो । तर पर्सामा कुनै पनि वडाअधिवेशन भएको छैन ।

 

क्रियाशिल सदस्यता सम्बन्धी बिवाद भएका कारण अधिवेशन हुन नसकेको नेपाली कांग्रेसका केही नेताको भनाई छ । तर केही नेताहरुले सृजना गरेको बिवादका कारण समस्या भएको अर्को पक्षको भनाई छ ।

 

कृत्रिम रुपमा क्रियाशिल सदस्यताको बिवाद उठाइएकोले अधिवेशन हुन नसकेको नेपाली कांग्रेस पर्साका एक नेताजे जनाएका छन ।

 

नेपाली कांग्रेस पर्सा भित्र बर्तमान सभाति अजय कुमार द्विवेदी र एक तर्फ र अर्को तर्फ रमेश रिजाल , अजय चौरसिया, सुरेन्द्र चौधरी लगायतका नेताहरुको समुह रहेको छ ।

 

अहिलेको जिल्ला नेतृत्वको बिरोधी समुहमा रहेका नेताहरुनै क्रियाशिल सदस्यताको समस्या उठाउने र त्यसलाई सुल्झाउन चासो नदेखाउने प्रवृतिका कारण पनि समस्याले निकास पाउन सकेको छैन । 

 


जिल्लामा १ महानगर,तीन नगरपालिका र १० गाउँपालिका रहेका छन ।  कुनै पनि तहमा रहेको वडामा अधिवेशन भने भएको छैन ।

 

वडा अधिवेशन नभएकै कारण सार्वजनीक भएको कार्यतालिका पर्सामा प्रभावित हुने भएको छ । पार्टीले महाधिवेशनकोे बिशाल आयोजन गर्ने घोषणा गर्दा समेत नेपाली कांग्रेसको पर्सामा उत्साह, र उमंग पनि देखिएको छैन । 

महाधिवेशनकै सिलसिलामा यही भदौ २७ गते नगर अधिवेशन हुने तय छ।  अगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ। 

 

असोज ५ गते क्षेत्रको अधिवेशन हुने निर्वाचन तालिका छ। तालिका अनुसार असोज १० गते जिल्ला अधिवेशन हुने छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.