logo

नेकपा एमालेसंग एक्लै भिडन सक्ने हैसियत कुनै पार्टी संग छैनः एमाले नेता ज्ञवाली

 इसीमाना सम्वाददाता     २०७८ भदौ २१ गते ०८: ०६ मा प्रकाशित     745   पटक पढिएको

नेकपा एमालेका नेता प्रदीप  ज्ञवालीले परमादेशबाट बनेको सरकारले नेपाली जनताको हितमा काम गर्न नसक्ने बताए ।

 

पार्टीद्वारा सोमवार बीरगंजको नगरसभागृहमा आयोजीत जिल्ला स्तरीय अभिूमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन ।


उनले प्रतिक्रियवादी तत्वको स्वार्थपूर्तीकालागि माधव नेपालले पार्टी बिभाजन गरेको तर त्यसले नेकपा एमालेमा शक्ति पैदा भएको र पार्टी झन बढी गतीशिल  भएको बताए ।

 

बिभाजनमा कुनै सौद्धान्तिक बैचारिक भिन्नता माधव नेपालले देखाउन नसकेको चार्चा गर्दै नेता ज्ञवालीले स्वार्थका कारण आफैले बनाएको पार्टी निर्लजजतापूर्वक बिभाजन गरेको बताए ।

 

एमाले बिभाजनका कारण केहीले जिब्रो मिठयाउदै गरेको चर्चा गर्दै पूर्व परराष्ट्रमंत्री समेत रहनु भएका ज्ञवालीले  नेकपा एमाले संग एक्लै भिड्ने हैसियत कुनै पार्टी संग नभएको प्रष्ट पानुृ भयो । 


पार्टी अध्यक्ष के.पी.शर्मा ओलीको ४१ महिने कार्यकालमा  सडक निर्माण, हुलाकी राजमार्ग, अन्र्तराष्ट्रिय बिमानस्थल, स्वास्थ्य,कृषि,शिक्षा र भौतिक पुर्वाधारमा बिशेष काम भएको जानकारी दिए । केपी ओलीको लोकप्रियता देखेर प्रचण्ड,शेरबहादुर देउवा र माधव नेपाल जस्ता नेता आतिएर एमाले बिरुद्ध षड्यन्त्र गरेको उनले आरोप लगाए।

 

 केपी ओलीको नेतृत्वको सरकारले अलगाववादी नेता सिके राउत, सशस्त्रद्वन्द गरिरहेका बिपल्व समुहलाई नेपालको राजनीतिको मुलधारमा ल्याएको नेता ज्ञवालीले स्मरण गराए।

 

नेता ज्ञवालीेले आउने चुनावनमा एमाले पुनः ठुलो दल बन्ने र नेपाली जनताका अधुरा सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले  आउने चैत्रमा हुने स्थानीय चुनावको तयारीमा जुट्न पनि नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

 

पार्टीका पर्सा जिल्ला अध्यक्ष प्भू हजराको अध्यक्षतामा भएको कार्यक्रममा  प्रदेश २ का अध्यक्ष ज्वाला साह, पर्सा जिल्ला इन्चार्ज  अच्युत मैनाली केन्द्रिय सदस्य निर्मला देवकोटा लगायतकाले सम्बोधन गरेका थिए ।  कार्यक्रममा संबिधान सभा सदस्य राजकुमार गुप्ता, जयप्रकाश थारु, प्रधुमन चौहान, जुनैद अंसारी, नेताहरु बसरुदिन अंसारी, सुन्दर कुर्मी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी. लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु शेख,युवा नेता महम्द निजाम,रामकिसोर सिंह पराग, शिवजी गुप्ता, रवि गुप्ता ,अकलेश साह लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सहजीकरण पर्सा जिल्ला सचिव मनोज गुप्ताले गरेका थिए भने स्वागत मन्तव्य वीरगंज नगर अध्यक्ष बिश्वम्भर शर्माले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.