logo

अध्यक्ष ओलीको जिल्लामा एमाले एक ढिक्का, एसका अध्यक्ष नेपालको जिल्लामा एमाले बलियो

 इसीमाना सम्वाददाता     २०७८ भदौ १८ गते ०६: २४ मा प्रकाशित     575   पटक पढिएको

नेकपा एमाले बिभाजनको असर झापा जिल्लामा शून्यमा रहेको छ । तीन तहको सरकार निर्वाचित जनप्रतिनिधिहरु नेकपा एमालेमा एक ढिक्का रहेर पार्टी बिभाजन गर्ने माधव नेपालको कामलाई तिरस्कृत गरेका छन ।

 

यता माधव नेपालको जिल्ला रौतहटमा समेत अधिकांश निर्वाचित जनप्रतिनिधिले बिभाजनलाई अस्वीकार गरेका छन । जिल्लामा उपमेयर , वडा अध्यक्ष , सदस्यहरू गरि १ सय ५ जना एमाले बाट निर्वाचित थिए ।

 

त्यस मध्य ५१ जनाले मात्र माधव नेपालको नेकपा एस मा सनाखत गरेका छन । माधव नेपालको गृह जिल्लामै एमाले बिभाजनको प्रभाव नगन्य रहेको नेकपा एमाले रौतहटका जिल्ला अध्यक्ष तुलसीराज गिरीले जानकारी दिनु भयो । 


झापामा एमालेको अन्तरसंघर्षका बेला माधव नेपाल पक्षमा जिल्लाका स्थापित नेताहरू नै थिए । तर, विभाजनसँगै नरेश खरेल, रविन कोइराला, पवित्रा निरौलालगायतका सबै नेताहरू एमालेमै बसेपछि त्यसको प्रभाव वडा सदस्यसम्म परेको छ ।

 

अध्यक्ष ओलीको गृहजिल्ला झापामा ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ३ वटा जितेको छ भने प्रदेशसभामा एमालेका ९ जना छन् । प्रतिनिधिसभामा ओलीसहित एलपी साँवा लिम्बु र पवित्रा निरौला खरेल प्रत्यक्ष र कुमारी मेचे तथा विमला विक समानुपातिक सांसद हुन् ।

 

उनीहरू पाँचैजनासहित राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल पनि एमालेमै छन् । प्रदेशसभाका ९ जनामध्ये सबै सांसद एमालेमै रहँदा माधव नेपाल नेतृत्वको पार्टीमा संघ र प्रदेशका सांसदको संख्या शून्य भएको छ ।

 

त्यस्तै झापामा १४ स्थानीय तहका जम्मा ७२३ जनप्रतिनिधिमध्ये एमालेबाट ४९३ जनाले जितेका थिए । त्यसमा ६ जना मेयर, ८ जना उपमेयर, एकजना गाउँपालिका अध्यक्ष, ४जना उपाध्यक्ष छन् । उनीहरूमध्ये नेकपा एसको पक्षमा सनाखत गर्न एकजना पनि गएका छैनन् ।

 

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलसहित ९ जना पदाधिकारी पनि एमालेमै रहने भएका छन्  ।

निर्वाचन आयोगले दिएको समय २२ गतेसम्म रहेकोमा शुक्रबारसम्म एकजना पनि स्थानीय तहका निर्वाचित प्रतिनिधि नयाँ दल रोज्नका लागि नआएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.