logo

पार्टी बिभाजन नभई लोभी पापीहरुको झूण्ड बाहिरिएको र त्यसले पार्टीलाई शुद्ध पारेको छः अध्यक्ष यादव 

 इसीमाना सम्वाददाता     २०७८ भदौ ११ गते ०८: ३१ मा प्रकाशित     831   पटक पढिएको

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पार्टी बिभाजन नभई लोभी पापीहरुको झूण्ड बाहिरिएको र त्यसले पार्टीलाई शुद्ध पारेको बताएका छन । 

पार्टीले आज जनकपुरधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई संशोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन ।  

 

पार्टीको निर्णय नमान्नेहरुको झूण्डले देश र मधेशको हित गर्न नसक्नेकुरा बुझ्न जरुरी रहेको बताए । उनले पार्टीको ८० प्रतिशत हिस्सालाई बिभाजनले असर नपारेको दावी गरे ।

 

उनले आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई समाप्त गर्दै मुलुकमा प्रतिगमन लाद्न चाहने केपी ओलीको मतियार बनेकाहरुबाट जनताले हिसाव लिने बताए ।

 

कार्यक्रममा बरिष्ठ नेता अशोक राइले मुलुकको पुरानो पार्टीहरु समतामुलक समाज निर्माणको कार्यदिशाबाट भागेका कारण जसपाको जन्म भएको बताए ।

मधेश प्रदेश समितिका अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यकारिणी समिति सदस्य महेन्द्र राय यादव, रेणु यादव, प्रदेश २का मुख्यमन्त्री लालबाबु राउत, राम नरेश राय, नवल किशोर साह, गजाधर यादव, मनिष सुमन , जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह सहितका वक्ताहरुले मन्तव्य राखेका थिए ।

 

पार्टी सुदृढिकरण, संगडन विस्तार एवं जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.