logo

पकाहाँ मैनपुरमा भ्रष्टाचार बिरुद्ध युवाहरु सडकमा, पारदर्शीता कायम नगरे आन्दोलनको आँधीबेहरी सृजना गर्ने युवाहरुको हाँक

 इसीमाना सम्वाददाता     २०७८ सावन २७ गते ०९: ०५ मा प्रकाशित     628   पटक पढिएको

पकाहाँ मैनपुर गाउँपालिकाका युवाहरुले गाउँपालिका नेतृत्वसंग आर्थिक पारदर्शीताको माँग गरेका छन । उनीहरुले पर्सा जिल्लाको पकाहामैनपुर गाँउपालिका गाउँपालिका संचालनमा आएदेखी विभिन्न शिर्षकमा  भएका भएको आर्थिक कारोवार सार्वजनीक गर्न माँग गरेका हुन ।

 

उनहीले गाउँपालिकामा अथाह भ्रष्टाचार भएको अरोपलगाउदै हिसाव सार्वजनीक गर्न ज्ञापन पत्र समेत बुझाएका छन । 

 

पकाहामैनपुर युवा संजालको अगुवाईमा बिहान  मोटरसाईकल र्याली पछि युवहाहरुको टोलीले  १५ बुंदे ज्ञापनपत्र बुझाएको हो ।


पकाहा मैनपुर चौकबाट सुरु भएको मोटरसाईकल रयाली गाँउपालिका परिक्रमा गरि गाँउपालिका  कार्यालयमा गएर अध्यक्ष विजय चौरसीयालाई ज्ञापनपत्र बुझाइएको पकाहामैनपुर युवा संजालका अकलेश साहले बताए ।

 

बिहान ११ बजे गाँउपालिका अध्यक्ष चौरसीयालाई ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्षकै निकट ठेकदार , कार्यालय सहयोगी र अन्य सर्मथकले ज्ञापनपत्र बुझाउन गएको टोलीलाई निषेध गर्न खोजेका थिए । यस क्रममा  झडप पनि भएको संजालका राकेश कुशवाहाले बताए ।

 

लामो समयदेखि गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले काम नै नगरी बजेट पचाएको ,बिकाश गरेपनि गुणस्तरहिन गरेको ,जनताका काम र गुनासो सम्बोधनमा जनप्रतिनिधिल वेवास्ता गरेको गुनासो बढेपछि संजालले पारदर्शीताको माँग गरेर अगाडि बढेको हो ।


यस्तै मधेश आन्दोलनमा सहादत भएका शत्रुघन पटेलकि आमा गाँउपालिकाकाकि उपप्रमुख कुसुम देवी पटेललाई संजालले दोसाल्ला ओढाएर युवा संजालले सम्मान गरेको छ ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा संजालका राजेश सहनी , प्रमोद पटेल,दियनारायण ठाकुर , हरीचन पटेल , विकास सोनी , अनिल पटेल , अम्बिका पटेल,विनय कुशवाहा ,सन्दिप सहनी , सिकेन्द्र सहनी, धिरज बर्नवाल ,कुनाल पटेल , अक्षय पटेल ,विकि दास , सुदर्शन साह लगायतकाहरुको सहभागीता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.