logo

अलमलमा परेकालाई पार्टीमा फर्किन अध्यक्ष यादवको आग्रह, ठाकुर पक्षद्वारा मुलुकभर अगुवा कार्यकता भेलाको आयोजना

 इसीमाना सम्वाददाता     २०७८ सावन २१ गते ०४: ४७ मा प्रकाशित     881   पटक पढिएको

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका वा अलमलमा परेकालाई बिनाहिचकिचाहट पार्टीमा फर्किन आग्रह गरेका छन्।

उनले बिहीबार विज्ञप्ति जारी गर्दै महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा लागेका तर अहिले अलमलमा परेकाहरूलाई पार्टीमा फर्किन आग्रह गरेका हुन्।

ुनिर्वाचन आयोगले पार्टीबारे आधिकारिकतासम्बन्धी निर्णय गर्नु भन्दापूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुग्नु भएका वा अन्यन्त्र अलमलमा पर्नु भएका पार्टीका सम्पूर्ण साथीहरूलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट पार्टीमा फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणमा अगाडि बढ्नु हुन अपिल गरिन्छ,ु यादवको विज्ञप्तिमा उल्लेख छ।


जसपामा विवाद हुँदा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो।

यादवले केही अग्रमन नचाहने, उपलब्धिलाई उल्टाउन चाहने यथास्थितिवादी, अलोकतान्त्रिक र प्रतिगमनकारी शक्तिहरूले पार्टीलाई षड्यन्त्रमूलक ढंगले फुटाउन खोजेको बताए।  


ती शक्तिहरू पार्टीलाई  फुटाउ र राज्य गरु नीति अनुरूप सक्रिय रहेको यादवले उल्लेख गरे।

यसअघि बुधबार महन्थ ठाकुरले पनि अपिल जारी गर्दै उपेन्द्र यादवहरूले पार्टी फुटाएको आरोप लगाएका थिए। आफूहरूले गरेको काम ठिक भएको भन्दै उनले आफूहरूसँग एजेन्डा भएकाले जनतामा जाने बताएका थिए।

 

जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुर समूहले शुक्रबादेखि भदौ नौ गते बुधबारसम्म मुलुकभर अगुवा कार्यकता भेला गर्ने भएको छ । अध्यक्ष महन्थ ठाकुरले आज एक अपील जारी गर्दै भेलामा सहभागी हुन सबैमा आग्रह गरेका छन् ।

 

अपीलसँगै सार्वजनिक अगुवा कार्यकता भेलाको तालिका अनुसार शुक्रबार सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा कार्यक्रम हुनेछ । त्यस्तै शनिबार झापा, मोरङ, धनुषा, पर्सा र कैलालीमा, २४ साउनमा सुनसरी, सर्लाही, रौतहट, रुपन्देही, कपिलवस्तु र कञ्चनपुरमा, २५ साउनमा नवलपरासी र बर्दियामा, २६ साउनमा बाँकेमा २७ साउनमा सुदूरपश्चिम प्रदेश अत्तरियामा, ३० साउनमा बागमती प्रदेश काठमाडौँमा कार्यक्रम हुनेछ ।


त्यस्तै तीन भदौमा इटहरीमा, ५ भदौमा पोखरामा, ७ भदौमा बुटवलमा र ९ भदौमा सुर्खेतमा कार्यक्रम गर्ने तालिका सो समूहले सार्वजनिक गरेको छ । तालिकासँगै सार्वजनिक अपीलमा पार्टी विभाजनसम्म भएका क्रियाकलापबारे प्रष्ट्याउन खोजिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.