logo

६ महिना कैद सजाय पाएका जसपाका संबिधान सभा सदस्य गुप्ता निवेदन सहित ५४ हजार तिरेर रिहा भए

 इसीमाना सम्वाददाता     २०७८ सावन १३ गते १२: ४१ मा प्रकाशित     862   पटक पढिएको

मंगलवार बिहानै बारा बाट पहिलो संबिधान सभामा निर्वाचित प्रमोद गुप्ता र  अरुण सिंह बीरगंज कारागारबाट रिहा भए ।

 

कारगार पुगेको छैटौ दीन उनीहरु रिहा भएका हुन ।  बारा जिल्ला अदालते २०७४ माघ २५ मा दुबै जनालाई  ६ महिना कैद राख्ने र पीडितलाई ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा क्षतिपूर्ति भराउने फैसला गरेको थियो । ६ महिना कैद तोकिएका उनीहरु ६ दिनमै रिहा भएपछि आमरुपमा सवाल उठेको छ । 

जघन्य अपराधबाहेकमा १ वर्षसम्म कैद सजाय पाएका दोषी आचरणमा बसे र प्रतिदिन ३ सय रुपैयाँका दरले राज्यलाई रकम बुझाए छाड्न मिल्ने प्रावधान रहेको बारा जिल्ला अदालतका स्रेस्तेदार गम्भीर घिमिरेले बताउनु भयो ।

 

सोही प्रावधान नेता गुप्ता र साहले  निवेदन दिएपछि  न्यायाधीश प्रकाशप्रसाद पण्डितको आदेशमा रिहा भएको उहाँले जानकारी दिनु भयो  ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ मा १ वर्षभन्दा कम सजाय भएकालाई प्रतिदिनको ३ सयको दरले तिरे मैदमुक्त गर्ने व्यवस्था छ 


६ महिनाको कैदबापत ५४ हजार रुपैयाँ बुझाएर छुटेको गुप्ताले बताउनु भयो  । गुप्ता र सिंह अदालतमा हाजिर हुन गएका बेला जेल चलान गरिएका थिए । तेस्रो मधेस आन्दोलन (२०७४ माघ) ताका कलैया अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट शैलेश झाको गाडी जलाएको अभियोगमा गुप्ता र सिंह अदालतले ६ महिना कैद क्षतीपूर्ती भराउने फैसला गरेको थियो । 

आन्दोलनका क्रममा प्रहरीको गोली लागी भरत चोकमा कलैयाकै हिफाजत मियाँको निधन भएपछि उनको पोस्टमार्टम रिपोर्टमा चिकित्सकले गडबडी गरेको भन्दै आन्दोलनकारीले अस्पतालमा प्रदर्शन गर्नुका साथै चिकित्सकको कार जलाएका थिए । 
उक्त घटनामा सुपरिटेन्डेन्ट झाले गुप्ता र सिंहविरुद्ध जाहेरी दिनु भएको थियो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.