logo

जसपाको हिसाव किताव कसको पक्षमा को ?

      २०७८ सावन ७ गते ०९: ०२ मा प्रकाशित     735   पटक पढिएको

जनता समाजवादी पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सुनुवाइ भइरहेका बेला दुवैतिरका नेताहरुको हिसाब हुन थालेको छ। अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीचको विवाद विभाजनतर्फ अघि बढेपछि निर्वाचन आयोगले इजलास गठन गरेर सुनुवाइ गरिरहेको छ।

केही दिनदेखि जारी सुनुवाइका क्रममा आयोगले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भएर जसपा बनेको समयमा हस्ताक्षर गरेका कार्यकारिणी सदस्यलाई बोलाएर विभाजनको टुंगो लगाउने भएको छ।

राजनीतिक दल विभाजनसम्बन्धी कानुनका आधारमा ठाकुर र यादवको बाटो अलग गर्न लागेको आयोगले कार्यकारिणी समिति सदस्यहरुको उपस्थितिका आधारमा निर्णय दिन लागेको हो। यस्तोमा साउन ११ गते सबै ५१ जना कार्यकारिणी सदस्यहरुलाई नागरिकता या मतदान परिचयपत्र बोकेर आउन आयोगको इजलासले आदेश दिएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

जसपा विभाजनको टुंगो लगाउन आयोगले प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलास नै गठन गरेको छ। साउन ११ गते कार्यकारिणी सदस्यहरुको उपस्थितिका आधारमा आयोगले विभाजनको टुंगो लगाउने भएपछि जसपाभित्र अंकगणितीय खेल सुरु भएको छ।

यादव र ठाकुर पक्षबीच चुलिएको विवाद विभाजनको अवस्थामा पुग्दा एउटा पक्षलाई आधिकारिकता दिएर अर्को पक्षलाई नयाँ दल दर्ताका लागि आयोगले निर्णय दिनेछ। आयोगको इजलासले सम्भवत: साउन ११ गते फैसला सुनाउने छ। 

साउन ३ गतेदेखि दुवै पक्षको वकिलहरूको बहस सुनेको आयोगले आज साउन ११ गते सबै केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई भौतिक रुपमै उपस्थित हुन भनेको छ। यस्तोमा अध्यक्ष उपेन्द्र पक्षमा ३६ कार्यकारिणी सदस्य पुगेको दाबी नेताहरुले गरेका छन्। 

तर, आयोगमा यसअघि यादव पक्षले बुझाएको विवरणमा भने ३३ जना कार्यकारी सदस्य छन्। यता संसदीय दलमा पनि पछिल्लो समय यादव पक्ष बलियो देखिएको छ। यादव पक्षले आफ्नो पक्षमा १७ प्रतिनिधिसभा सांसद रहेको दाबी गरेको छ। जसपामा हाल ३२ जना सांसद छन्। 

यसअघि केपी शर्मा ओलीको सरकार हुँदा छोटो समय सत्ता साझेदारी गरेको महन्थ ठाकुर पक्षले आफ्नो पक्षमा १९ सांसद पुर्‍याएको थियो। तर ठाकुर पक्ष र ओलीको सत्ता बहिगर्मनपछि कांग्रेस-माओवादसहितको पाँच दलीय गठबन्धन सत्तामा पुग्दाको फाइदा यादव पक्षलाई भएको छ। यस्तोमा आयोगबाट यादव पक्षले आधिकारिकता पाउने सम्भावना पनि बलियो छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.