logo

  यस्तो छ कम्युनिष्ट पार्टीको मध्यतराईको नेतृत्व

      4/22/2019 गते 00 00 मा प्रकाशित     1687   पटक पढिएको

बीरगंज ९ बैशाख ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले  ७७ वटै जिल्लाका अध्यक्ष एवं सचिवको टुङ्गो लगाएको छ ।

 

राजनीतिक र सामरीक दृष्टिकोणले महत्वपूर्ण रहेको मध्यतराईको नेतृत्वमा सीमान्तकृत समुदाय देखी जनयुद्धका राजनीतिक कमिसारले अवसर पाएका छन ।

 

कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव नेपालको क्षेत्रको रुपमा रहेको मध्यतराईका जिल्लाहरुको केन्द्रीय राजनीतिमा समेत खास अर्थ रहन्छ । 

राजनीतिक आर्थिक र सामरीक दृष्टिले महत्वपूर्ण मानीएका मध्य तराईको प्रमुख केन्द्र मुलुकको आर्थिक राजधानी पर्साको नेतृत्वको जिम्मेवारी युवा नेता प्रभू हजराको काँधमा पुगेको छ । सीमान्तकृत कथित दलीत समुदाय बाट स्थापीत हजरालाई आफनो नेतृत्व कोशल लाई अझबढी स्थापीत गर्न यो अवसर महत्वपूर्ण रहेको छ ।

 

त्यस्तै औधोगिक करिडोरको प्रमुख हिस्सा रहेको बारा जिल्लाको नेतृत्व जनयुद्धको बेला हतियार सहितको सघर्षलाई बैचारिक नेतृत्व प्रदान गरेका क्षेत्र बहादुर श्रेष्ठले अध्यक्षको जिम्मेवारी पाएका छन । रौहतमा कमल यादव र सर्लाहीमा रेवती पन्तले अध्यक्षको जिम्मेवारी पाएका छन ।


त्यसैगरि जिल्ला सचिवमा पर्सामा बिजय महतो बारामा सुन्दर बिश्वकर्मा रौहतमा अध्यक्षमा कमल यादव  सचिवमा युवराज भट्टराई सर्लाहीमा सचिवमा डाचाराज वाग्ले रहेका छन ।

शीर्ष चार नेताहरुको लामो गृहकार्यपछि   प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवाल बैठकले  पार्टी एकता सम्बन्धमा निणर्य गरेको हो ।  ‘लामो समयसम्म संगठनको एकीकरण प्रक्रिया टुंगिन नसकेको अवस्थामा ७७ जिल्लाका अध्यक्ष र सचिवको बारेमा टुंगो लगाएको छ ।

 

अस्तब्यस्त र  निष्क्रिय जस्तो देखिएको नेकपाको संगठन अव सक्रिय हुने बिश्वास आम कार्यकर्ताले लिएका छन । अन्यौलता हटेको कार्यकर्ताको बुझाई रहेको छ । 

 त्यसैगरी नेकपाले केही दिनभित्रै पोलिटब्युरोको गठन गरी केन्द्रीय समिति सदस्यको कार्यविभाजन  गर्ने तयारी गरेको पार्टी स्रोतले जनाएको छ । 

२००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भएर ७० वर्ष पूरा गरी  आज  ७१ वर्ष प्रवेश गरेको दिन हो ।  नेकपाले  ७१ औं पार्टी स्थापना दिवसमा  आज देशभर विशेष कार्यक्रमको आयोजना  समेत गरेको छ ।

 आज  विशेष कार्यक्रमको आयोजना गरी  ७७ जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको हो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.