logo

स्व नेपालीको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

      3/7/2019 गते 00 00 मा प्रकाशित     1382   पटक पढिएको

बीरगंज २३ फाल्गुन । 
नेपाल राष्ट्रीय शिक्षक संगठन पर्सागढीका अध्यक्ष बिश्वनाथ प्रसाद नेपालीको  स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । 
नेपाल कम्युनिष्ट पार्टीको पर्सागढी नगरपालिका वडा नं ८ का अध्यक्ष हृदयनारायण साहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

उक्त अवसरमा नेपालीले शिक्षा क्षेत्रमा गर्न खाजेको सुधारका बिषयमा चर्चा भएको थियो । वक्ताहरुले  नेपालीको ब्यक्तित्व र ब्यवहार सदा स्मरणीय रहने बताए । उनीहरुले शिक्षाको क्षेत्रमा सुधार अभियानका योजनाकर्ता रहेका नेपालीको अवसानले निकै ठुलो क्षती पुगेको बताए । 


०४३ सालमा हरपुर गाउँमा निर्माण भएको नेपाल कम्युनिष्ट पार्टीको पहिलो सचिवको रुपमा राजनीतिक नेतृत्व समेत गरेका नेपालीको योगदानलाई कम्युनिष्ट पार्टीले पनि स्मरण गर्ने नेताहरुले बताए । 


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता चीरन्जीवी आचार्य ,बालकृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने नेपाल राष्ट्रीय शिक्षक संगठन पर्साका अध्यक्ष शिवनाथ थारु ,पर्सागढी नगरपालिकाका प्रमुख  लोकनारायण यादव ,नेपाल शिक्षक महासंघ पर्सागढीका अध्यक्ष राम बहादुर चौधरी वार्डअध्यक्ष किसुन देव यादव ,नेपाली कांग्रेसका बिश्महोन दास संघीय समाजवादी फोरम नेपालका रामबढई यादव लगायतले शोक मन्तब्य प्रकट गरेका थिए ।


कार्यक्रममा सम्बिधान सभाका सदस्यहरु रामचन्द्र साह, राजकुमार यादव ,जुनेद अन्सारी ,बिचारी यादव प्रदेश सभाका सदस्य राजेश्वर साह तेली  अरविन्द सिंह सन्तोष घिमिरे ,प्रेस संगठनका राघव साह बृजलाल पासवान लगायतको हसभागिता रहेको थियो ।


२०२० साल बैशाख १ गते जन्मिएका नेपालीे फाल्गुन १२ गते हृदयघात भएको थियो । उनको उपचारको क्रममा निधन भएको थियो । स्व .नेपालीका  दुर्ए छोरा र दुई छोरी रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.