logo

प्रजातन्त्र दिवसको अवसरमा साडी तथा फलफुल बितरण 

      2/19/2019 गते 00 00 मा प्रकाशित     1529   पटक पढिएको

बीरगंज ७ फागुण । 
६९ औं प्रजातन्त्र दिवस एवम् पुर्व रानी कोमल शाहको ६९ औ जन्मोत्सव आज एक कार्यक्रमका बीच मनाईएको छ ।

 

बीरगंजको घण्टाघर चोकमा राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले आयोजना गरेको कार्यक्रममा २५ जना बिपन्न परिवारका महिलाहरुलाई साडी तथा फलफुल बितरण गरिएको हो । कार्यक्रममा समाजसेवी उषा शाहले त्रिभुवन शाह र पुर्व रानी कोमल शाहको तस्बिरमा माल्यार्पण गर्दै शाहले अहिलेको समयमा राष्ट्रका सम्पूर्ण महिला एक जुट हुने बेला आएको बताइन ।

 

जब सम्म हामी एक जुट हुदैनौ तब सम्म महिला माथि हुने शोषण बाट मुक्त नहुने र , महिलाको अधिकार पाउन नसक्ने भन्दै बलात्कार, बालबिवाह, दाईजो प्रथा उन्मुलन हुन नसक्ने बताइन  ।

 

कार्यक्रममा जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष पशुपति बिक्रम शाह, राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रिय सचिव हिराबहादुर चन्द, राष्ट्रिय नागरिक संघर्ष समिति  पर्साका अध्यक्ष दिनानाथ यादव, राष्ट्रिय नागरिक संघर्ष समिति  बाराका अध्यक्ष महमद अब्दुल सतार अंसारी, बिद्धवत परिषद नेपालका केन्द्रिय सदस्य अध्यानन्द प्रसाद कलवार, जिल्ला अध्यक्ष रामायण साह कानु, पत्रकार प्रणय कुमार, महेशचन्द्र गौतम, राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरई, जिल्ला अध्यक्ष सुनिल यादव, नगरअध्यक्ष उपेन्द्र बरई लगायतले महिलाहरुलाई साडी तथा फलफुल बितरण गरेका थिए ।

 

राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलले कार्यक्रमका प्रमुख अतिथी समाजसेवी उषा शाहलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य पत्रकार महेशचन्द्र गौतमले गरेका थिए भने  सहजीकरण अरुणबिक्रम शाहले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.