logo

फोरम सांसद रौनीयारले गरे नेपाली कांग्रेसका प्रभावशाली नेतासंग गोप्य मंत्रणा

      2/16/2019 गते 00 00 मा प्रकाशित     1727   पटक पढिएको

बीरगंज ५ फाल्गुन । 
पर्साको क्षेत्र नं ३ बाट निर्वाचित  तर निलम्बनमा परेका संघीय ससंदका सदस्य एवं संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हरिनारायण रौनीयारले नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासंग आइतवार बिहान बीरगंजको होटेल मकालुमा भेट गरेका छन । 


डा . कोइरालाले के छ तपाईको निलम्बनको अवस्था भनेर सोधेपछि रौनीयारले गोप्यमा कुरा गर्ने इच्छा ब्यक्त गरेका थिए । होटेल मकालुको कोठा नं २०४ मा रौनीयार र उनका भाई नेपाली कांग्रेसका नेता पूर्व सासद रामेश्वर रौनीयार र डा. कोइराला वीच करिब १७ मिनेट कुराकानी भएको थियो । 


भेटमा फोरम नेता रौनीयारले आफनो निलम्बन गैर कानूनी भएको जिरह गरेको स्रोतले जनायो । उनले आफनो पीडा कांग्रेस नेता कोइरालालाई सनाएको र सहयोगको अपेक्षा गरेको स्रोतले जनायो ।

जवाफमा कोइरालाले आफनो सदभाव रहने जनाएको बताइएको छ । पूर्व सासद रौनीयारले भेटघाट भएको पुष्टि गरेका छन । 


फोरम नेता रौनीयारले भने आफू अन्य कामले होटेलमा गएको बेलामा उहाँ आएको थाहा पाएकोले सामान्य शिष्टाचारबस भेटघाट भएको बताए ।

 

उनले ३५ वर्ष सम्म कांग्रेसमै रहेकोले मेरो पनि चिनजानका साथी भाई छन उहाँहरुसंग भेटहुनु स्वाभाविक भएको बताए । उनले भेटमा राजनीतिका कुरा नभएको दावी गरे । उनले सन्चो बिसन्चोका बारेमा जानकारी लिने दिने काम भएको बताए । 


तर डा .कोइराला बसेको कोठामा उनी पुग्नु भन्दा पहिला अन्य ब्यक्तिहरु बसिरहेका थिए । सासद रौनीयारले गोप्यमा कुरा गर्ने आग्रह गरेपछि कोइरालाको कोठमा भएका नेपाली कांग्रेसका अन्य नेताहरु अर्को कोठामा गएका थिए । यसले पनि भित्र के कुरा भयो भन्ने बिषयमा सहजै अनुमान गर्न सकिन्छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.