logo

विश्व विख्यात विद्धान कार्लमाक्र्सको द्विशतबार्षिकी वीरगन्जमा हुदै मधेसमा माक्र्सवाद विषयमा हुने प्रादेशिक गोष्ठीको अन्तिम तयारी पूरा

      8/21/2018 गते 00 00 मा प्रकाशित     1803   पटक पढिएको


वीरगन्ज, ५ भदौ । वीरगन्जमा बुधबार हुने विश्व विख्यात विद्धान कार्ल माक्र्सको द्विशतबार्षिकी तथा प्रादेशिक गोष्ठीको अन्तिम तयारी पूरा भएको छ । नेपालका कम्युनिष्ट नेताहरुको उपस्थितिमा कार्ल माक्र्सको बारेमा मधेसमा जागरण फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रादेशिक गोष्ठीमा प्रदेश नम्बर २ का आठ वटा जिल्लाबाट एकहजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

द्विशतबार्षिकी मूल व्यवस्थापन समितिले बुधबार हुने कार्यक्रमको सम्पूर्ण तयारी भएको जानकारी दिएको हो । वीरगन्जको नगरसभा गृहमा हुने कार्यक्रममा नेकपा मसालका महासचिव मोहनविक्रम सिंह, नेकपाका नेताहरु घनश्याम भूषाल, राम कार्की, गणेश साह, डा.विजय पौडेल, ठाकुर गैरे लगायतका प्रभावशाली नेताहरुको प्रशिक्षण रहने आयोजक समितिका अरविन्द सिंहले जानकारी दिए । आठ जिल्लाबाट आएका विद्यार्थीहरुलाई कार्ल माक्र्सको बारेमा तथा उनले प्रतिपादन गरेको सिद्धान्तको मधेसमा आवश्यकताको बारेमा प्रशिक्षण दिईने सिंहले बताए । कार्यक्रम मधुबार विहान ११ बजे शुरु हुने र बिहीबार सम्म चल्नेछ । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.