logo

महिलाको समृद्धि विना प्रदेश र मुलुकको समृद्धि सम्भव छैनः मुख्यमन्त्री राउत

      8/17/2018 गते 00 00 मा प्रकाशित     1486   पटक पढिएको

जनकपुरधाम १ भदौ ।

मुख्यमन्त्री लालबाबु राउतले आधा जनसंख्या रहेको महिलाकोको समृद्धि विना प्रदेश र मुलुक समृद्धिको कल्पना समेत गर्न नसकिने बताएका छन  ।

जनकपुरमा दोस्रो नेपाल बालिका सम्मेलन २०७५को उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले कुनैपनि बहानामा महिलालाई उपेक्षित गर्न नसकिने बताए ।

महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमवद्ध रुपमा बेटी पढाउ बेटी बचाउ लगायतका महिला मैत्री कार्यक्रम ल्याएको उल्लेख गर्दै उनले  शिक्षा र रोजगारीमा महिलाको पहुँचलाई सुनिश्चित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

विभिन्न सामाजिक कुरितिहरुका कारण महिलाहरु वर्षौ देखी विभेदमा रहदै आएको टिप्पणी गर्दै मुख्यमंत्री राउतले प्रदेश सरकारले त्यस्ता कुरितिहरु अन्त गर्न सशक्त कानून ल्याउन लागेको समेत बताए ।

प्रदेश सरकारले ल्याउन लागेको प्रहरी ऐनमा समेत  महिलाको लागि आधा सिट सुरक्षित गरेको उल्लेख गर्दै उनले अन्य रोजगारीको अवसरमा समेत महिलालाई आधा सिट सुरक्षित गर्ने बताए  ।

समाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीको अध्यक्षतामा भएको उत्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले वालविवाह दाइजो प्रथा जस्ता कुरितिहरुले महिलालाई अन्यायमा पारेको बताउँदै त्यस्ता कुरितिहरुलाई अन्त गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रदेश भरि बाटै प्रतिनिधि मुलुक बालिकाहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.