logo

मुलुकमा संक्रमणकाल अझै कायमै छः मुख्यमन्त्री राउत

      6/20/2018 गते 00 00 मा प्रकाशित     1306   पटक पढिएको

जनकपुरधाम, ६ असार । मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संक्रमणकाल अभैm कायमै रहेको तर्क गरेका छन ।

निर्वाचन आयोग नेपालले बुधबार जनकपुरधाममा आयोजना गरेको प्रदेश–२ निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले तीनै (संघीय, प्रदेश र स्थानीय) तहको सरकारबीच समन्वय कायम नहुनुलाई संक्रमणकालको संज्ञा दिएका हुन ।

तीनै तहको सरकारबीच समन्वय गरेर अस्तित्वलाई स्वीकार गर्न चुनौती रहेको उनको भनाई थियो ।
उनले राखे  ।

निर्वाचन आयुक्त ईला शर्माको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा मुख्यमंत्री राउतले संघीयतालाई सफल बनाउन न्यायपालिकाको भूमिका महत्वपूर्ण रहेको बताए  ।

न्यायपालिकाको सहयोग बिना संघीयता पूर्ण रुपमा कार्यान्वयन हुन नसक्ने मुख्यमन्त्री राउतले दावी गरे  ।

नयाँ संरचना छ, उनले भने –नयाँ सोचले अघि बढ्नुपर्छ । पुरानो सोचले नयाँ संरचनालाई हेर्दा हुँदैन् । समाजमा संक्रमणकाल अभैm यथावत रहेको जिकिर गर्दै उनले  एकअर्का बीच सहकार्यको विकल्प नरहेको बताउ  ।

स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा मुख्यमन्त्री राउतले निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरे  ।

सो अवसरमा निर्वाचन आयुक्त इला शर्माले प्रदेश २ सरकारले हालै पारित गरेको प्रहरी ऐनको प्रशंसा गरिन ।

प्रहरीमा ५० प्रतिशत महिलाको लागि व्यवस्था गरिएकोमा उनले प्रदेश सरकारको प्रशंसा गरेकी  हुन ।

दुई दिने समिक्षा बैठकमा प्रदेश प्रमुख राजेश्वरमान सिंह लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

समिक्षा बैठकमा निर्वाचन आयोग, जिल्ला  निर्वाचन कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.