logo

राजपाको संसदीय दलको नेता चयनको बाटो खुल्यो, आगामी  बैशाखमा महाधिवेशन 

      6/20/2018 गते 00 00 मा प्रकाशित     1365   पटक पढिएको

काठमाडौं ६ असार ।
राष्ट्रिय जनता पार्टी (राजपा) ले असार ११ गते आफनो संसदीय दलको नेता चयन गर्ने सम्भावना बढेको छ । राजधनीमा तीन सम्म चलेको राजनीतिक समितिको बैठकले  संसदीय दलको बिधान पारित गरेपछि दलको नेता चयनको बाटो खुलेको हो । राजपाले तत्कालकालागि सरकारमा जाने बाटो समेत बन्द रहेको निष्कर्ष निकालेको छ । 


राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तीन दिनसम्म चलेको राजनीतिक समितिको बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले आगामी बैशाख ७ देखी ९ सम्मकोलागि महाधिवेशनको मिति तय गरेपनि स्थान भने तोकेको छैन ।


पार्टीको विधानमा महाधिवेशन एक वर्षभित्र गर्ने भनिएको प्रावधानलाई संशोधन गरी सोही बमोजिम निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय भएको छ।

त्यसैगरी राजनीतिक समितिबाट आएको सुझाव समेटेर पार्टीको विधान संशोधन गर्न तीन सदस्यीय समिति पनि बनाइएको छ।

समितिमा लक्ष्मणलाल कर्ण, बृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ला छन्। विधान संशोधनका विषयवस्तुहरु तयार भएको खण्डमा २१ गते पुनः राजनीतिक समितिको बैठक बस्ने उपाध्यक्ष बृषेशचन्द्र लालले बताए।

यसैगरी राजपाको संसदीय दलको विधान पनि राजनीतिक समितिबाट पारित भएको छ। विधान पारित भएसँगै असार ११ गते संसदीय दलको नेता चयन हुने सम्भावना रहेको छ।


 निर्वाचित सांसदलाई अहिलेसम्म शपथ गराउन सक्ने अवस्थासमेत नबनेको दाबी गर्दै ओली सरकारले संविधान संशोधन नगर्ने निष्कर्ष राजपाले निकालेको छ। जसअनुसार तत्कालका लागि सरकारमा सहभागी हुने कुरा अस्वीकार गरिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.