logo

प्रतिनिधि सभामा साँसद पन्तको गर्जन,गाउँगाउँमा सिंहदरबार’ होइन गाउँगाउँमै भ्रष्टाचार भयो

 इसीमाना सम्वाददाता     २०८३ भदौ ३० गते ०८: २३ मा प्रकाशित     68   पटक पढिएको

काठमाडौं । स्थानीय तहमा भ्रष्टाचार, राजनीतिक भागबण्डा र अनियमितता बढ्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।

 

 

स्थानीय तहमा देखिएका विकृति र आर्थिक संकटका कारण संघीय सरकारप्रति समेत जनताको विश्वासमा प्रश्न उठ्न थालेको भन्दै तत्काल सुधारका लागि पहल गर्न माग गरिएको हो।

 

प्रतिनिधिसभाको बैठकमा बोल्दै पर्सा क्षेत्र नं १ का  सांसद बुद्धी प्रसाद पन्तले ले स्थानीय तहमा भ्रष्टाचार र भागबण्डाका कारण कतिपय पालिका आर्थिक संकटमा परेको दाबी गरे।

 

उनका अनुसार केही स्थानीय तह विकास निर्माणका कामको भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका छन् भने कतिपयले कर्मचारीको तलब तथा उपदानसमेत भुक्तानी गर्न नसकेको अवस्था छ।

 

जनप्रतिनिधि र कर्मचारीबीच अघिल्लो आर्थिक वर्षको भागबण्डा नमिलेका कारण कतिपय स्थानीय तहमा बजेट प्रक्रिया नै प्रभावित भएको र बजेट पारित भइसकेका पालिकामा समेत खाता सञ्चालन हुन नसकेको उनले बताए।

 

उनले मधेस प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकाले कर्मचारीको तलब तथा उपदानबापत ७३ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न नसकेको दाबी गर्दै त्यसबाट कार्यरत तथा अवकाशप्राप्त कर्मचारी प्रभावित भएको बताए।

 

स्थानीय तहमा करार तथा ज्यालादारी कर्मचारी नियुक्तिदेखि ठेक्कापट्टासम्मका काम पार्टीगत पहुँच, नातागोता र व्यक्तिगत सम्बन्धका आधारमा हुने गरेको व्यापक गुनासो रहेको उनको भनाइ थियो।

 

यस्तै, राजनीतिक आस्था र आर्थिक लेनदेनका आधारमा शिक्षक तथा अन्य करार कर्मचारीको नियुक्ति र सरुवा हुने गरेको आरोप लगाउँदै उनले यसको प्रत्यक्ष असर शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाहमा परेको बताए।

 


स्थानीय तहमा हुने अनियमितताको अनुसन्धान प्रभावकारी हुन नसकेको भन्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि समेत प्रश्न उठाए।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने कुल उजुरीमध्ये ५२ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको दाबी गर्दै उनले एउटा जनप्रतिनिधिको कार्यकालमा भएको भनिएको भ्रष्टाचारको अनुसन्धान अर्को जनप्रतिनिधिको कार्यकालसम्म पनि पूरा नहुने अवस्था अन्त्य गर्नुपर्ने बताए।

 

उनले यस्तो ढिलाइले अख्तियार दुरुपयोग नियन्त्रण, न्यायप्रणाली र सुशासनप्रतिको जनविश्वासमै नकारात्मक असर पारिरहेको बताए।

 

स्थानीय तहमा सुशासन कायम गर्न नसकिए संघीयताको मूल उद्देश्य नै कमजोर हुने चेतावनी दिँदै उनले भने, ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने अवधारणाको सट्टा गाउँगाउँमै भ्रष्टाचारको अवस्था सिर्जना हुने जोखिम छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.