logo

वीरगञ्ज ICP मुआब्जा विवाद: आन्दोलित जग्गाधनीको मागप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रिए पूर्व नगरप्रमुख सरावगी

 इसीमाना सम्बाददाता     २०८३ असोज २१ गते ०१: ५८ मा प्रकाशित     79   पटक पढिएको

​वीरगञ्ज।  ​वीरगञ्जस्थित एकीकृत जाँच चौकी (ICP) का लागि अधिग्रहण गरिएको जग्गाको उचित र न्यायोचित मुआब्जा पाउनुपर्ने माग राख्दै लामो समयदेखि आन्दोलनरत जग्गाधनीहरूको विरोध कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका पूर्व नगरप्रमुख विजय कुमार सरावगी सहभागी भएका छन्। ​

 

 

जग्गाधनीहरूले चरणबद्ध रूपमा सञ्चालन गर्दै आएको आन्दोलनस्थलमा पुगेर पूर्व नगरप्रमुख सरावगीले पीडित स्थानीयवासीका जायज मागहरू तुरुन्त सम्बोधन गर्न सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरे। ​

 

आन्दोलनमा सहभागी हुँदै सरावगीले विकास निर्माणका नाममा स्थानीयवासीलाई विस्थापित गराउने र उनीहरूको सम्पत्तिको उचित मूल्याङ्कन नगरी अन्याय गर्ने कार्य सह्य नहुने बताए।

 

 "स्थानीय जनताको उठिबास लगाएर वा उनीहरूलाई मार्कामा पारेर गरिने विकास दिगो हुन सक्दैन," उनले भने, "ICP जस्तो राष्ट्रिय गौरव र रणनीतिक महत्त्वको आयोजना निर्माण हुँदा त्यसका लागि जमिन गुमाउने जग्गाधनीहरूले हालको बजार मूल्य र वैज्ञानिक मापदण्ड अनुसार क्षतिपूर्ति पाउनै पर्छ।

 

 

" ​पीडित जग्गाधनीहरूका अनुसार सरकारले तय गरेको मुआब्जा दररेट वर्तमान बजार मूल्यभन्दा निकै कम रहेको र पटक-पटक ध्यानाकर्षण गराउँदा पनि प्रशासनले वास्ता नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो।

 

​पूर्व नगरप्रमुख सरावगीले पीडित पक्षको माग पूरा नभएसम्म आफ्नो तर्फबाट निरन्तर सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गर्दै समस्याको तत्काल वार्ता र संवादमार्फत समाधान खोज्न स्थानीय प्रशासन तथा संघीय सरकारलाई ध्यानाकर्षण गराएका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.