सर्लाही । जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाही ले विशेष सूचनाको आधारमा ३२ वर्षिय सागर पाख्रिन २५ वर्षिय राजु भुजेल लाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय हरिवन र लागु औषध ब्यूरो बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले हरिवन नगरपालिका ४ तिनघरेबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुरिवन नगरपालिका ४ तिनघरेकै बासिन्दा हुन। उनीहरुले लागु औषध ब्राउन सुगर बिक्री वितरण गर्दै हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा सागर पाख्रिनको साथबाट कालो प्लाष्टिक सहित ९.१३ ग्राम र निजकै घरमा लुकाईछिपाई राखिएको १६.२० ग्राम गरी जम्मा प्लाष्टिक सहित २५.३३ ग्राम तथा प्लाष्टिक बाहेक २३.३१ ग्राम लागु औषध ब्राउन सुगर र मोबाईल २ थान बरामद भएको छ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई लागु औषध मुद्दामा म्याद थप भई इलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।
यस्तै सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल तथा गोलीसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार थापाको साथबाट मेडइन यु.एस.ए.’ लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को एक थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको छ ।
पक्राउ परेका थापालाई बरामद हातहतियार तथा गोलीसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया