logo

मुद्दा अभियाेजनमा नजराना बुझेकाे आराेप लागेका जिल्ला न्याधिवक्ता गुप्ता काठमाण्डाै तानिए

 इसीमाना सम्बाददाता     २०८३ असोज २८ गते ०५: ३७ मा प्रकाशित     403   पटक पढिएको

बीरगंज ।दुई अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबारसम्बन्धी मुद्दाकाे अभियाेजन सम्वन्धमा विवादमा परेका पर्सा जिल्ला न्यायधिवकक्ता मनाेज गुप्ता काठमाण्डाै तािनएका छन ।

 

 

 जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्तालाई महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंमा कामकाज गर्ने गरी आजै तोकिएको छ।

 

 गुप्तालाई काठमाडौंस्थित कार्यालयमा उपन्यायाधिवक्ताको पदमा कामकाज गर्ने गरी तोकेको हो।

 

 कार्यालयले सरकारी वकिलसम्बन्धी नियमावली, २०७७ को नियम २१ को उपनियम (३) बमोजिम अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी तोकिएको जनाएको छ।

 

 महान्यायाधिवक्ताको कार्यालयबाट जारी पत्रमा गुप्ताले काठमाडौंस्थित कार्यालयमा कामकाज गर्ने, नियमानुसार अन्य भत्ता पाउने तथा तलबभत्ता पदाधिकारी रहेको कार्यालयबाट प्राप्त गर्ने उल्लेख छ।

 

उनलाई काजभत्ता भने उपलब्ध नहुने पत्रमा जनाइएको छ।

 

यसअघि दुई अर्ब ३९ करोड २२ लाख ६८ हजार ७९३ रुपैयाँ बराबरको हुण्डी कारोबारसँग सम्बन्धित प्रकरणमा प्रहरीले संगठित अपराध, सम्पत्ति शुद्धीकरण तथा हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान गरेको भए पनि अभियोगपत्र दायर गर्दा गम्भीर कसुरका दफा हटाइएको प्रहरी पक्षको दाबी सार्वजनिक भएको थियो।

 

 मुख्य प्रतिवादी सागरकुमार साह, उपेन्द्रकुमार साह र राहुलकुमार गुप्ता जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएपछि सरकारी वकिलको अभियोजन प्रक्रियामाथि थप प्रश्न उठेको थियाे ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) द्वारा विपन्न परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजा सामग्री वितरण

वीरगञ्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।

ठोरी–४ विजयबस्तीमा प्रहरी भवन र स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीमा नेपाल प्रहरीको नवनिर्मित भवन र निर्मल बस्ती स्वास्थ्य चौकीको नयाँ भवन एकै दिन उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.