logo

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

 ईसिमाना सम्वाददाता     २०८३ असोज २४ गते ०९: ५३ मा प्रकाशित     39   पटक पढिएको

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

 

 प्रहरीले चाडपर्वका बेला हुन सक्ने चोरी, पाकेटमारी, ठगी, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधिबाट जोगिन आग्रह गरेको हो।

 

दशैँका बेला बजार, मेला तथा सार्वजनिक स्थानमा हुने भीडभाडलाई मध्यनजर गर्दै प्रहरीले सर्वसाधारणलाई आफ्नो मोबाइल, नगद तथा गरगहनाको विशेष सुरक्षा गर्न अनुरोध गरेको छ।

 

 त्यस्तै, घर तथा पसल छाडेर बाहिर जाँदा ढोका र झ्याल राम्ररी बन्द गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरिएको छ।

 

प्रहरीले मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा मोटरसाइकल चलाउँदा अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्न पनि अनुरोध गरेको छ।

 

चाडपर्वका नाममा जुवातास खेल्ने तथा पटाका र आतिसबाजी गर्ने गतिविधिबाट टाढा रहन आग्रह गर्दै प्रहरीले यस्ता गतिविधिले आर्थिक क्षति, आगलागी तथा दुर्घटनाको जोखिम बढाउन सक्ने जनाएको छ।

 

त्यसैगरी, अनलाइन तथा अन्य माध्यमबाट हुन सक्ने ठगीबाट जोगिन अपरिचित व्यक्तिलाई आफ्नो गोप्य विवरण, पासवर्ड र ओटीपी उपलब्ध नगराउन प्रहरीले सचेत गराएको छ।

 

सामाजिक सञ्जालमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक समाचार नफैलाउन र चाडपर्वका बेला सामाजिक सद्भाव कायम राख्न पनि अनुरोध गरिएको छ।

 

जिल्ला प्रहरी कार्यालय पर्साले कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहयोग गर्न सर्वसाधारणसँग अपिल गरेको छ।

 

प्रहरीको यस अपिलले दशैँलाई हर्षोल्लासपूर्ण बनाउँदै सम्भावित दुर्घटना, अपराध तथा अप्रिय घटनाबाट जोगिन नागरिकलाई सचेत र जिम्मेवार बन्न सन्देश दिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.