वीरगञ्ज, असोज १२ । पर्साको धोबिनी गाउँपालिका–५ मा ६२ वर्षीया वृद्धा लखरजिया देवीको हत्या गरी नगद तथा गरगहना चोरी गरेको आरोपमा पक्राउ परेका तीन जनालाई पर्सा जिल्ला अदालतले पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको छ ।
पक्राउ पर्नेमा धोबिनी गाउँपालिका–५ का २१ वर्षीय चन्दनकुमार पटेल तथा १७ र १५ वर्षका दुइजना बालक रहेका छन ।
मंगलवार पर्सा जिल्ला अदालतमा थुन छेक बहस भएको थियो । जाहेरवालाको तर्फबाट जिल्ला सरकारी न्यायधीवक्ता आनन्द न्यौपाने अधिवक्ताहरु के.सी. लामिछाने ,आकाश महतो,औरन्जेव अहमद र मेराज अन्सारीले बहस गरेका थिए ।
असोज ५ गते बिहान करिब ८ बजे लखरजिया देवी आफ्नै घरको दोस्रो तलास्थित बीचको कोठामा मृत अवस्थामा फेला परेकी थिइन । घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार असोज ४ गते राति करिब ३ बजे तीनै जनाले चोरी गर्ने योजनासहित वृद्धाको घरमा प्रवेश गरेका थिए।
उनीहरू घरको पछाडिपट्टिको बाटो हुँदै माथिल्लो तलामा पुगेका र झ्यालको ग्रिलको ढोका तोडेर घरभित्र पसेका थिए।
प्रहरीका अनुसार उनीहरूले अर्को कोठामा रहेको टिनको बाकसको ताला फुटाइरहेका बेला तलको तलामा सुतिरहेकी लखरजिया देवी आवाज सुनेर माथि जादा उनीहरूलाई देखेकी थिइन्।
त्यसपछि तीनै जनाले उनको हत्या गरेको र घरमा रहेको नगद तथा गरगहना चोरी गरी फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
प
तपाईको प्रतिक्रिया