logo

गोजी होइन खोजी पत्रकारिता आजको आवश्यकताः प्रजिअ अर्याल

 इसीमाना सम्बाददाता     २०८१ पौष २४ गते ०७: ४६ मा प्रकाशित     459   पटक पढिएको

 वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समाचार लेखेका कारण पत्रकार असुरक्षीत हुने कुरा सभ्य समाजकालागि शोभा नदिने बताएका छन ।

 

होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिनकालागि आयोजना गरेको कार्यक्रमलाई समबोधन गर्दै प्रमुख जिल्ला अधिकारी आर्यालले समाचार लेखेका कारण पत्रकारलाई असुरक्षीत हुनु नपर्ने प्रष्ट पारे ।

 

समाचार लेखेको भरमा पत्रकार असुरक्षीत छैनन हुन दिइदैन उनले भने पत्रकारिता लोकतन्त्र र सभ्य समाजकालागि अपरिहार्य छ रहने छ ।

 

उनले पत्रकारिता क्षेत्रको बिकृति र बिसंगतीलाई ब्यङ्य गर्दै गोजी होइन खोजी पत्रकारित आजको आवश्यकता भएको बताए । प्रजिअ अर्यालले बिदेशी मुद्रा सम्बन्धी कानूनी प्रवन्धको पालना गरिने प्रष्ट पार्दै भारतीय रुपैयाका सन्दर्भमा ब्यहारिक रुपमा हेरिने प्रष्ट पारे ।

WhatsApp-Image-2025-01-08-at-12.53.38-PM.jpeg?resize=720%2C480&ssl=1

उनले भारतीय पर्यटक बोकेका सवारी साधानलाई एकै ठाउमा एकिकृत रुपमा चेकजाँच गरेर झण्झटीले चेकजाँच प्रक्रियाबाट मुक्त गर्ने कुरामा पहल भइरहेको जानकारी दिए ।

 

भारतीय पर्यटक फर्केर जादा नेपालमा राम्रो ब्यहार पायो नेपाली सुरक्षा निकायले आफनो जकेचाँच प्रक्रियामा निकै बदलाव गरेर सजिलो पारेको रहेछ भन्ने वतावरण बनाउन आफूहरु लागि परेको उनले प्रष्ट पारे ।

 

 कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेले पर्यटन प्रर्वद्धनका माध्यमले आर्थिक आत्मनिर्भरता तर्फ अगाडि बढ्न सकनिे बताए । उनले भारतीय पर्यटकलाई आकर्षित गर्न खोज्ने तर २५ हजार रुपैया भन्दा बढी बोक्न नदिने प्रवन्ध उचित नभएको बताए ।

 

उनले पर्यटकीय क्षेत्रको पहिचान गरेर त्यसको प्रचार प्रसार आवश्यक रहेको बताए । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ ।

 

वीरगन्जको होटल क्लासिक बंक्वेटमा बुधबार आयोजना गरेको कार्यक्रममा पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको हो ।

 

 होटल तता पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, होटल तथा पर्यटन व्यावसायी संघका पदाधिकारीले निर्वाचितहरू पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेका थिए ।

 

कार्यक्रममा , नेपाल पत्रकार महासंघका निवर्तमान सचिव दिपेन्द्र चौहान, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बञ्जरा , नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, उपाध्यक्ष निलिमा पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष रचिन्द्र थापाले स्वागत तथा सञ्चालन दिलिपराज कार्कीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.