logo

गोजी होइन खोजी पत्रकारिता आजको आवश्यकताः प्रजिअ अर्याल

 इसीमाना सम्बाददाता     २०८१ पौष २४ गते ०७: ४६ मा प्रकाशित     336   पटक पढिएको

 वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समाचार लेखेका कारण पत्रकार असुरक्षीत हुने कुरा सभ्य समाजकालागि शोभा नदिने बताएका छन ।

 

होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिनकालागि आयोजना गरेको कार्यक्रमलाई समबोधन गर्दै प्रमुख जिल्ला अधिकारी आर्यालले समाचार लेखेका कारण पत्रकारलाई असुरक्षीत हुनु नपर्ने प्रष्ट पारे ।

 

समाचार लेखेको भरमा पत्रकार असुरक्षीत छैनन हुन दिइदैन उनले भने पत्रकारिता लोकतन्त्र र सभ्य समाजकालागि अपरिहार्य छ रहने छ ।

 

उनले पत्रकारिता क्षेत्रको बिकृति र बिसंगतीलाई ब्यङ्य गर्दै गोजी होइन खोजी पत्रकारित आजको आवश्यकता भएको बताए । प्रजिअ अर्यालले बिदेशी मुद्रा सम्बन्धी कानूनी प्रवन्धको पालना गरिने प्रष्ट पार्दै भारतीय रुपैयाका सन्दर्भमा ब्यहारिक रुपमा हेरिने प्रष्ट पारे ।

WhatsApp-Image-2025-01-08-at-12.53.38-PM.jpeg?resize=720%2C480&ssl=1

उनले भारतीय पर्यटक बोकेका सवारी साधानलाई एकै ठाउमा एकिकृत रुपमा चेकजाँच गरेर झण्झटीले चेकजाँच प्रक्रियाबाट मुक्त गर्ने कुरामा पहल भइरहेको जानकारी दिए ।

 

भारतीय पर्यटक फर्केर जादा नेपालमा राम्रो ब्यहार पायो नेपाली सुरक्षा निकायले आफनो जकेचाँच प्रक्रियामा निकै बदलाव गरेर सजिलो पारेको रहेछ भन्ने वतावरण बनाउन आफूहरु लागि परेको उनले प्रष्ट पारे ।

 

 कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेले पर्यटन प्रर्वद्धनका माध्यमले आर्थिक आत्मनिर्भरता तर्फ अगाडि बढ्न सकनिे बताए । उनले भारतीय पर्यटकलाई आकर्षित गर्न खोज्ने तर २५ हजार रुपैया भन्दा बढी बोक्न नदिने प्रवन्ध उचित नभएको बताए ।

 

उनले पर्यटकीय क्षेत्रको पहिचान गरेर त्यसको प्रचार प्रसार आवश्यक रहेको बताए । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ ।

 

वीरगन्जको होटल क्लासिक बंक्वेटमा बुधबार आयोजना गरेको कार्यक्रममा पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको हो ।

 

 होटल तता पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, होटल तथा पर्यटन व्यावसायी संघका पदाधिकारीले निर्वाचितहरू पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेका थिए ।

 

कार्यक्रममा , नेपाल पत्रकार महासंघका निवर्तमान सचिव दिपेन्द्र चौहान, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बञ्जरा , नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, उपाध्यक्ष निलिमा पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष रचिन्द्र थापाले स्वागत तथा सञ्चालन दिलिपराज कार्कीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.