logo

काठमाडौं उपत्यकामा तीन महिनामा १ हजार १६२ फरार कसुरदार पक्राउ, १५ करोडभन्दा बढी जरिवाना असुल

 इसीमाना सम्वाददाता     २०८३ कार्तिक २० गते ०७: २९ मा प्रकाशित     67   पटक पढिएको

काठमाडौं । काठमाडौं उपत्यकामा प्रहरीले आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १ हजार १६२ जना फरार कसुरदारलाई पक्राउ गरेको छ।

 

अदालतबाट फैसला भई फरार रहेका उनीहरूबाट ३०२ वर्ष ४ महिना १८ दिन कैद तथा १५ करोड ७८ लाख ९८ हजार ७ सय ७ रुपैयाँ जरिवाना असुल गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

 

प्रहरीका अनुसार साउनदेखि असोजसम्म शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि २३ हजार २ सय ४३ पटक मोबाइल गस्ती, २० हजार ८ सय ८७ पटक पैदल गस्ती, ११ हजार ३४९ पटक मोटरसाइकल गस्ती र ६ हजार १७ पटक चेकिङ गरिएको थियो। यस अवधिमा विभिन्न कारागार तथा थुनाबाट फरार रहेका थप ६७ जना कैदीसमेत पक्राउ परेका छन्।

 

लागुऔषध नियन्त्रणतर्फ ४ सय ४४ मुद्दा दर्ता गरी ३ सय ७८ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट ७२ केजीभन्दा बढी गाँजा, १३ केजीभन्दा बढी पोल्याण्ड, ७ सय ६७ ग्रामभन्दा बढी खैरो हेरोइन तथा ट्रमाडोललगायतका २ लाख ९५ हजार ६ सय ७६ एम्पुल तथा चक्की बरामद गरिएको प्रहरीले जनाएको छ।

 

त्यस्तै, हुण्डी कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरी चार मुद्दा दर्ता गरिएको छ भने १ करोड ६० लाख ८४ हजार १ सय ८० रुपैयाँ बिगो मागदाबी गरिएको छ। भन्सार छली तथा अवैध सुनचाँदी ओसारपसारमा संलग्न २७ जना पक्राउ परेका छन्। उनीहरूबाट २३ केजी ८ सय ८८ ग्रामभन्दा बढी सुनजस्तो देखिने पहेँलो धातु बरामद भएको छ।

 

जुवातास नियन्त्रणतर्फ १४ मुद्दा दर्ता गरी १ सय १९ जना पक्राउ परेका छन्। उनीहरूबाट ४१ लाख ४३ हजार ५ सय ७५ रुपैयाँ बरामद गरिएको छ। सार्वजनिक स्थलमा हुने अपराध नियन्त्रणका लागि गरिएको स्विप अपरेशनमा २ हजार ७ सय ३४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ।

 

 महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार रोक्न सञ्चालन गरिएको सेफ्टी पिन अपरेशनमा ६ सय ३७ जना पक्राउ परेका छन्। तीमध्ये ६३ जनाविरुद्ध ४३ मुद्दा दर्ता गरिएको छ भने ५ सय ७४ जनालाई सचेत गराई आफन्तको जिम्मा लगाइएको छ।

 

सवारी सुरक्षा अभियानअन्तर्गत मादक पदार्थ सेवन गरी सवारी चलाउने ६ हजार ९ सय ३८ र लागुऔषध सेवन गरी सवारी चलाउने ७८ चालकलाई कारबाही गरिएको छ।

 

 सवारी साधन चोरी तथा हराएको भन्दै परेका ५ सय २१ उजुरीमध्ये २ सय ५७ वटा सवारी साधन फेला पारिएको छ। तीमध्ये २ सय २१ वटा धनीलाई फिर्ता गरिएको र चोरीमा संलग्न ३४ जना पक्राउ परेका छन्।

चाडपर्व सुरक्षामा ८ हजार ६ सय ६८ प्रहरी परिचालन

चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत असोज १८ देखि कात्तिक १८ गतेसम्म काठमाडौं उपत्यकामा ८ हजार ६ सय६८ जना प्रहरी परिचालन गरिएको थियो। योजनाअनुसार कमान्ड पोस्ट स्थापना, पैदल तथा सवारी गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, ३७ वटा यात्रु तथा नागरिक सहायता डेस्क स्थापना र २२ वटा नाकामा चौबिसै घण्टा चेकिङ गरिएको थियो। संवेदनशील क्षेत्रमा कुकुर, सीसीटीभी तथा ड्रोनमार्फत समेत निगरानी गरिएको थियो।

 

विशेष सुरक्षा योजनामा जुवातास खेल्ने तथा खेलाउनेविरुद्ध १२ मुद्दा दर्ता गरी ९१ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट २८ लाख ७९ हजार ७ सय ७५ रुपैयाँ र ४९ बुक तास बरामद भएको छ।

 

 त्यस्तै, अवैध पटाका आयात तथा बिक्री वितरणमा संलग्न १२ जना पक्राउ परेका छन्। उनीहरूबाट ३४ हजार ३ सय ५७ थान विभिन्न पटाका, १३ हजार ८ सय ४९ प्याकेट सिल्भर टर्चर तथा पड्किने पटाका बरामद गरिएको छ। तीन बोरा बेवारिसे पटाकासमेत जफत गरिएको प्रहरीले जनाएको छ।

 

काठमाडौं उपत्यका प्रहरी कार्यालयले नियमित सुरक्षा कारबाही तथा चाडपर्व लक्षित अभियानबाट अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सहयोग पुगेको जनाएको छ। प्रहरीले दीपावली तथा छठ पर्वका अवसरमा जुवातास खेल्ने, खेलाउने तथा पटाका र विस्फोटक पदार्थ पड्काउने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गर्दै शान्तिपूर्ण रूपमा चाडपर्व मनाउन अनुरोध गरेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

कृषि अनुसन्धानमा नयाँ गति थप्दै मधेशको निर्देशनालय, पूर्वाधार र राजस्व वृद्धिमा देखियो उपलब्धि

वीरगञ्ज । कृषि क्षेत्रको अनुसन्धान, उत्पादन वृद्धि र आधुनिक प्रविधिको विस्तारलाई केन्द्रमा राख्दै बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशले आफ्नो गतिविधि तीव्र बनाएको छ।

वन व्यवस्थापन समितिका पदाधिकारी माथि गम्भिर आरोप , घुस मागेको सञ्चालक साहको दाबी,आरोप अतिरन्जीत, अध्यक्ष गद्धी

वीरगन्ज ।एक जना सःमिलकाका संचालकले साझेदारी बन उपभोक्ता समिति र बन सुरक्षाकर्मीले घुस माँगेको आरोप लगाएका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.