logo

रास्वपाका चार सांसदलाई निलम्बन गर्ने तयारी, जनकपुर र पर्साका सांसद पनि रडारमा

 इसीमाना सम्वाददाता     २०८३ कार्तिक २२ गते ०५: १३ मा प्रकाशित     75   पटक पढिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित चार जना सांसदलाई पार्टीले निलम्बन गर्ने तयारी गरेको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ।

 

 पार्टीको उच्च स्रोतलाई उद्धृत गर्दै सार्वजनिक भएको दाबीअनुसार विवादित पृष्ठभूमि र विभिन्न आरोपमा मुछिएका सांसदहरूमाथि पार्टीले कारबाहीको तयारी गरेको बताइएको छ।

 

चर्चामा आएका सांसदहरूमध्ये जनकपुरका एक सांसद पत्रकार अरुण सिंघानिया हत्या प्रकरणमा तीन वर्ष कैद सजाय भुक्तान गरेका व्यक्ति रहेको बताइएको छ।

 

धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित रामविनोद यादवको विगतको सजायसम्बन्धी विषय यसअघि विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको थियो।

 

त्यस्तै, पर्साबाट निर्वाचित एक सांसद  अन्य दुई सांसदलाई समेत पार्टीको कारबाहीको सूचीमा राखेको भन्ने चर्चा छ।

 

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले विवादित पृष्ठभूमि भएका सांसदहरूलाई जिम्मेवारीबाट अलग गराउने तथा पार्टीभित्रको अनुशासन कायम गर्न पहल गरिरहेको दाबीसमेत राजनीतिक वृत्तमा गरिएको छ।

 

यद्यपि, चारै जना सांसदलाई निलम्बन गर्ने निर्णय भएको वा प्रधानमन्त्री शाहले उनीहरूलाई पदबाट हटाउन निर्देशन दिएको विषयमा रास्वपाको आधिकारिक पुष्टि सार्वजनिक भएको छैन।

 

यसअघि पनि रास्वपाका केही सांसदको उम्मेदवारी तथा आर्थिक कारोबारसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा पुगेका थिए। 

 

पार्टीभित्र अनुशासन, सांसदहरूको विगत र सार्वजनिक जिम्मेवारीसँग जोडिएका प्रश्न उठिरहेका बेला रास्वपाले कस्तो निर्णय लिन्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।

 

रास्वपाको बालेन  सरकार  सुशासन , जबाफ देहिता र भ्रष्टाचारको सन्धर्भमा सुन्य सहनशीलता नीति जनता माझ बुझाएर स्थानीय चुनावमा मतदातालाई आकर्षित गर्न पनि यो नीति लागू गर्न लागेको उच्च स्रोतको दावी छ ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सागढीबाट दुई थान सालको काठ र साइकल बेवारिसे अवस्थामा बरामद

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका–८ रमौली टोलबाट प्रहरीले बेवारिसे अवस्थामा दुई थान सालको काठ र एउटा साइकल बरामद गरेको छ।

कृषि अनुसन्धानमा नयाँ गति थप्दै मधेशको निर्देशनालय, पूर्वाधार र राजस्व वृद्धिमा देखियो उपलब्धि

वीरगञ्ज । कृषि क्षेत्रको अनुसन्धान, उत्पादन वृद्धि र आधुनिक प्रविधिको विस्तारलाई केन्द्रमा राख्दै बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशले आफ्नो गतिविधि तीव्र बनाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.