logo

आनी नियुक्तिको अन्तर्यमा तिब्बती शक्ति केन्द्रको प्रभाव, विवादित नियुक्तिलाई सरकारले समाधान नगरे अदालत जाने चेतावनी

 इसीमाना सम्वाददाता     २०८३ कार्तिक १५ गते ०८: ०९ मा प्रकाशित     83   पटक पढिएको

काठमाडौं । आनी छोइङ डोल्माको लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति प्रथम दृष्टिमै अवैधानिक भएको वक्ताहरुले आरोप लगाएका छन् ।

 

आइतबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले आनीको नियुक्ति विरुद्ध अदालत जानेसमेत बताएका छन् ।

 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आनी छोइङ डोल्माको नागरिकता प्रथम दृष्टिमै गैर कानुनी भएकाले उनको नियुक्ति पनि अवैधानिक भएको जिकिर गरेका छन् ।

Buddhist Nun Ani Choying Dolma Appointed Lumbini Development Fund  Vice-Chair Amidst Money Laundering Controversy | Ratopati | No.1 Nepali  News Portal

त्रिपाठीले आनीको नागरिकता र स्रोत नखुलेको रकमको छानविन प्रक्रिया  किनारा नलागिसकेकोले कुनै पनि हतलमा नियुक्ति बदर हुनुपर्ने जिकिर गरे ।

 

“आफ्ना मन्त्रीहरुलाई सामान्य प्रश्न उठ्ने वित्तिकै बर्खास्त गर्ने ‘बालेन सरकार’ आनी नियुक्ति जस्तोः गम्भीर प्रकरणमा फसेको मात्रै छैन, सुशासनप्रतिको प्रतिबद्धताको धज्जीसमेत उडाएको छ ।

 

” त्रिपाठीले भने । विवादित नियुक्तिलाई सरकारले समाधान नगरे अदालत जानुपर्ने धारणा त्रिपाठीको छ ।

 

अभियान्ता युवराज सफलले आनीको नियुक्ति सरकारले तत्काल बदर नगरे त्यसविरुद्ध अदालत जाने चेतावनी दिए ।

 

 नागरिकता छानविन प्रक्रिया बारे जिल्ला प्रहरी परिसर काठमाडौंमा र स्रोत नखुलेको रकम बारे सम्पित्ति सुद्धीकरण विभागमा त्यसको अवस्था बुझ्न निवेदन दिएको सफलले बताए ।

 

 “दुबै ठाउँबाट त्यसको जानकारी आएपछि गैरकानुनी नियुक्तिविरुद्ध अदालतमा जान्छौं” सफलले भने ।

राष्ट्रिय जेनजी नागरिक अभियानका प्रवक्ता विर्जन विश्वकर्माले लुम्बिनी विकास कोषको ऐन मापदण्ड बेगर आनीको नियुक्ति भएको र केही व्यक्तिहरुको निजी स्वार्थ जबरजस्त लादिएको आरोप लगाए ।

 

 “आनीको नियुक्ति सामान्यरुपमा भएको छैन, यदि बालेन सरकार र उनी सफल भए हजारौं तिब्बतियनहरुले नेपाली नागरिकता स्वतः प्राप्त गर्नेछन्, त्यसैले यो नियुक्ति प्रक्रिया राष्ट्रको हित विपरित छ” विश्वकर्माले भने ।

 

जेनजी रमेश रावतले नेपाल भू–राजनीतिक चपेटामा परिरहेको र दिनप्रतिदिन तिब्बतियन शक्ति केन्द्रको शक्रियता बढ्दै जाँदाको परिणाम पछिल्लो कडि आनी नियुक्ति रहेको जनाए ।

 

विदेशी शक्तिहरुले आफ्नो स्वार्थ पूरा गर्न सदियौंदेखि विभिन्न षड्यन्त्र गर्दै आएको हुँदा राष्ट्रियता जोगाउन सबै देशभक्तहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

 

जेनजी सफलता बोगटीले कोषको उपाध्यक्ष पदका लागि कुनै पनि योग्यता नपुगेको र विवादित पात्र भएकोले उनको नियुक्तिलाई बदर गर्न माग गरिन् ।

 

बोगटीले सो पदको लागि शैक्षिक योग्यता कम्तिमा स्नातक र न्युनतम ३ वर्षको कार्याअनुभव भएको तथा कुनै कानुनी कशुर वा विवादित चरित्र नभएको हुनुपर्ने मापदण्डलाई मिचिएको जनाईन ।

 

 “आनी जी ५ कक्षा मात्रै पास भएको भन्ने छ, कानुनी कशुरका कुरा पनि उठेका छन्, बालेन सरकारले यस्तो व्यक्तिलाई कुन स्वार्थ र कसको दबाबमा उपाध्यक्ष नियुक्त गर्यो” बोगटीले प्रश्न गरिन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.