जनकपुरधाम । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा क्लोथ बैंक नेपालले मानवीय सेवाको सन्देशसहित सामाजिक कार्यको सुरुवात गरेको छ।
क्लोथ बैंक नेपालका अध्यक्ष डा.राजीव झाको नेतृत्वमा बिहीबार बिहान कबिर बाल आश्रमका सञ्चालक सन्त सत्यनारायण आलोकलाई आश्रममा आश्रित बालबालिकाका लागि १५ थान ज्याकेट र ७ थान सिरक हस्तान्तरण गरिएको हो।
नयाँ वर्षको पहिलो दिन बिहानै अध्यक्ष डा. झाले विभिन्न व्यक्ति तथा संस्थासँग फोनमार्फत शुभकामना आदान–प्रदान गर्दै सेवामूलक कार्यलाई प्राथमिकतामा राखिएको बताएका छन्।
उनले समाजका कमजोर तथा विपन्न वर्गप्रति सहयोग र सहानुभूति नै नयाँ वर्षको साँचो सन्देश भएको उल्लेख गरे।
हस्तान्तरण कार्यक्रममा डिआइजी गोबिन्द थपलिया, समाजसेवी अमरचन्द्र अनिल, क्लोथ बैंक नेपालका उपाध्यक्ष पुरण गुप्ता, कोषाध्यक्ष रुबी झा, विनोद ठाकुर, कृष्णकुमार साह, राम टहल यादव, सुदिप महतो, पत्रकार बद्रीनाथ झालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले क्लोथ बैंक नेपालले निरन्तर गर्दै आएको मानवीय सेवाले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै प्रशंसा गरेका छन्। नयाँ वर्षको सुरुवात नै सेवाभावबाट गर्नु प्रेरणादायी भएको उनीहरूको भनाइ थिaयो।
तपाईको प्रतिक्रिया